बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

व्यावसायिक पशुपक्षीपालनमा अग्रसर चितवन, माछा, मासु, दूध र अण्डामा बन्यो आत्मनिर्भर

images
आइतबार, वैशाख ९ २०८१
images
व्यावसायिक पशुपक्षीपालनमा अग्रसर चितवन, माछा, मासु, दूध र अण्डामा बन्यो आत्मनिर्भर

अहिले जिल्लामा मासु प्रतिव्यक्ति २५ दशमलव ५३ किलो, अण्डा चार सय ६१ गोटा र माछा छ दशमलव ४४ किलो उपलब्ध छ।

images
images

चितवन- माछा, मासु, दूध र अण्डा उत्पादनमा जिल्ला आत्मनिर्भर भएको छ। यहाँ उत्पादित माछा, मासु, दूध र अण्डा प्रतिव्यक्ति आवश्यकताभन्दा बढी उत्पादन हुने गरेको छ।

images
images
images

पशुसेवा कार्यालय चितवनका अनुसार दूध प्रतिव्यक्ति न्यूनतम आवश्यकता भन्दा ४५ दशमलव ३३ लिटर बढी उत्पादन हुने गरेको छ। प्रतिव्यक्ति न्यूनतम आवश्यकताअनुसार दूध वार्षिक ९१ लिटर आवश्यक पर्नेमा जिल्लामा एक सय ३६ दशमलव ३३ लिटर उपलब्ध भएको हो।

images
images

कार्यालयका प्रमुख सुशील केसीका अनुसार मासु ११ दशमलव ५३ किलो, अण्डा चार सय १३ वटा र माछा एक दशमलव ४४ किलो प्रतिव्यक्ति उपलब्ध हुने गरेको छ।

images
images

जिल्लामा उत्पादित यी वस्तु जिल्लाको कुल जनसङ्ख्यालाई आवश्यक पर्ने न्यूनतम आवश्यकताभन्दा बढी उत्पादन हो।

प्रतिव्यक्ति वार्षिक मासु १४ किलो, अण्डा ४८ वटा र माछा पाँच किलो न्यूनतम आवश्यक पर्ने उनले जानकारी दिए। अहिले जिल्लामा मासु प्रतिव्यक्ति २५ दशमलव ५३ किलो, अण्डा चार सय ६१ गोटा र माछा छ दशमलव ४४ किलो उपलब्ध छ।

यहाँको कृषि क्षेत्रमा लाग्ने किसानले उत्पादन गरेको खाद्य वस्तुलाई व्यवस्थित गर्न सके राष्ट्रिय आवश्यकतालाई समेत पूर्ति गर्न सहज हुने उनले बताए। प्रतिव्यक्ति प्रतिवर्ष राष्ट्रिय उपलब्धता दूध ८५ लिटर, मासु १८ दशमलव एक किलो, अण्डा ५४ वटा, माछा तीन दशमलव तीन किलो रहेको छ। राष्ट्रिय न्यूनतम आवश्यकतालाई आधार मान्ने हो भने यो एकदमै न्यून उपलब्धता हो। जिल्लामा भने न्यूनतम आवश्यकता भन्दाबढी यी खाद्य सामग्री उपलब्ध हुँदै आएको केसीले जानकारी दिए।

यहाँ गाईभैँसी, बाख्रा, कुखुरा, बङ्गुर र माछापालनलाई किसानले व्यावसायिक रुपमा अघि बढाएका छन्। जसमध्ये गाईफार्म तीन सय ५९ वटा, भैँसी फार्म ५० वटा, बाख्रा फर्म चार सय ५३ वटा, बङ्गुर फार्म ६० वटा, कुखुरा फार्म एक हजार नौ सय वटा र माछा फर्म पाँच सय सात वटा दर्ता भइ सञ्चालनमा छन्। 

त्यसैगरी कुखुरा ह्याचरी ९५ वटा दर्ता भइ ५२ वटा मात्रै सञ्चालनमा छन्। आर्थिक वर्ष विसं २०७९/८० को तथ्यांकअनुसार जिल्लामा दूध ९८ हजार एक सय ८३ मेट्रिकटन, मासु एक लाख ८३ हजार ८१ मेट्रिकटन, माछा ४६ हजार ३८ मेट्रिकटन र अण्डा ३३ करोड २४ लाख ६१ हजार दुई सय १२ वटा उत्पादन भएको थियो। रासस


प्रकाशित : आइतबार, वैशाख ९ २०८११५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend