बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

वनको डढेलो बस्ती बस्दा गुल्मीमा करोडौँको क्षति, ६७ भन्दा बढी घरगोठ जले

images
आइतबार, वैशाख ९ २०८१
images
वनको डढेलो बस्ती बस्दा गुल्मीमा करोडौँको क्षति, ६७ भन्दा बढी घरगोठ जले

शुक्रबार र शनिबार गरी इस्मा, रेसुंगा, गुल्मीदरबार र रुरु लगायतका क्षेत्रमा डढेलो लागेको थियो। मदाने र मालिकामा पर्ने गुराँसे वनमा दुईदिनदेखि लागेको डढेलो अझै निभेको छैन।

images
images

गुल्मी- गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडौँको क्षति भएको छ। सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घरगोठ जलेका छन्। दर्जनौँ पशुचौपाया आगोले गोठमै जलेर मरेका छन्।

images
images
images

शनिबार चलेको हावाहुरीका कारण डढेलो निभाउन नसक्दा आगो बस्तीमा प्रवेश गर्दा घर जलेका थिए। बस्तीमा आगो प्रवेश गरेपछि इस्मा सर्वसाधारणले बारीका पाटामा बसेर ज्यान जोगाएका थिए। स्थानीयवासीलाई आगो निभाउने भन्दा कसरी ज्यान जोगाउने भन्ने त्रासदीपूर्ण अवस्था सिर्जना भएको थियो।

images
images

इस्मा गाउँपालिकामा आगलागीबाट शनिबार मात्र ६७ वटा घरगोठ जलेर नष्ट भएका छन्। इस्मा गाउँपालिका- २ सिदुङखाको रानी सामुदायिक वनमा लागेको डढेलो अचानक बस्ती पसेपछि हस्तीचौरको सिदुङखामा १३ घर र २६ बंगला जलेर नष्ट भएका छन्। 

images
images

त्यसैगरी इस्मा गाउँपालिका-४ को तिम्लेखर्कमा सात घर र १६ वटा बंगला र गोठसहित एउटा मन्दिर जलेको छ। सोही वडाको भड्किनामा एक घर र चारवटा बंगला र एउटा खोर जलेको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिङ खड्काले जानकारी दिए। आगलागीका कारण ४० भन्दा बढी चौपाया जलेर मरेका छन्। 

इस्मा गाउँपालिका-१ मा लागेको डढेलोका कारण ट्र्याक्टर चालक स्थानीयवासी १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका-७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन्। उनीहरुको हात खुट्टा र अनुहार जलेको प्रहरीले जनाएको छ। घाइतेको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ। उनीहरु खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शंकरप्रसाद पोख्रेलले बताए।

आगलागीले विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्। इस्मा गाउँपालिका र नेपाल रेडक्रसको सहयोगमा पीडित परिवारलाई तत्कालका लागि अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, किट, लाइट, पानी, चाउचाउ तथा भाँडाकुँडा लगायतका सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताए।

आगलागी क्षेत्रमा, स्थानीय पालिका, जिल्ला प्रशासन, सुरक्षा निकाय, डिभिजन वन कार्यालय लगायतको टोली परिचालन गरिएको छ। इस्माको हुल र कोटकोटेरी दुई स्थानमा डढेलो लागेको छ। हुलमा लागेको डढेलो बस्ती पसेपछि टोकली बस्नेतको बंगला, सूर्य र गुञ्जबहादुर बस्नेतको गोठ जलेर नष्ट भएका छन्। एक भैँसी र नौ बाख्रा मरेका छन् ।

इस्मा गाउँपालिका-४ कै कोटकोटेरीमा जंगलको डढेलो बस्ती पसेपछि स्थानीयवासी ऋषिराम खनाल, बलबहादुर दर्जी, सरिता अधिकारी, ज्ञानु अधिकारी, बिमला अधिकारी, सुरेन्द्रलाल विक, रामबहादुर अधिकारी, गोरखनाथ विकको घर र खगेश्वर विकको बंगला जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। गाउँमा पाइप जलेपछि खानेपानीको अभाव भएको छ। 

शुक्रबार र शनिबार गरी इस्मा, रेसुंगा, गुल्मीदरबार र रुरु लगायतका क्षेत्रमा डढेलो लागेको थियो। मदाने र मालिकामा पर्ने गुराँसे वनमा दुईदिनदेखि लागेको डढेलो अझै निभेको छैन। रासस


प्रकाशित : आइतबार, वैशाख ९ २०८११५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend