बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

विकल पौडेलविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दर्ता

images
आइतबार, वैशाख ९ २०८१
images
विकल पौडेलविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दर्ता

संविधानविपरीत विदेशी नागरिकता लिएको हैसियत लुकाइछिपाइ सरकारी पद धारण गरेको पाइएको भन्दै अख्तियारले पौडेलविरुद्ध भ्रष्टाचारको कसुर गरेको भन्दै मुद्दा दायर गरेको हो।

images
images

काठमाडौं- सुरक्षण मुद्रण केन्द्रका यसअघिका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गराएको छ। 

images
images
images

केन्द्रमा रहँदा भएको खरिदमा अनियमितता गरेको अभियोगमा दायर गरेको मुद्दा विचाराधीन रहेको अवस्थामा पौडेलविरुद्ध अख्तियारले अर्को पनि मुद्दा दायर गरेको हो। 

images
images

संविधानविपरीत विदेशी नागरिकता लिएको हैसियत लुकाइछिपाइ सरकारी पद धारण गरेको पाइएको भन्दै अख्तियारले पौडेलविरुद्ध भ्रष्टाचारको कसुर गरेको भन्दै मुद्दा दायर गरेको हो। 

images
images

नेपालको संविधानको धारा २९१ को व्यवस्थाविपरीत विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको र स्वयं घोषणा गरी विवरण पेश नगरी झुक्याइ सरकारी/सार्वजनिक पदमा वहला रहेको, पदावधि थप गर्दा अयोग्य ब्यक्तिलाई सिफारिस गरेको पाइएको हो। 

निजामती सेवा ऐन, २०४९ को दफा ६१(२)(ग) मा भएको व्यवस्था र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ११ को देहाय (घ) को व्यवस्था विपरित विकल पौडेलले सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशक पदमा राष्ट्रसेवकको ओहदामा बहाल रही लाभ र सुविधा पाइरहने उद्देश्यले आफैले स्वघोषणा गरी विदेशको अस्थायी आवासीय अनुमतिपत्र नलिएको भनी विवरण पेश गरी राष्ट्रसेवकको हैसियतले बहाल रहेका थिए। 

सोही समयमा उनले संयुक्त राज्य अमेरिकाको कानूनी स्थायी आवासीय अनुमति लिएर पनि उक्त विवरण लुकाइ/छिपाइ मिति २०७९।०२।१३ गते पदावधि थप गर्दासमेत उक्त विवरण लुकाइ झुट्टा विवरण दिइ राष्ट्रसेवक पदमा बहाल रही राष्ट्रसेवकको हैसियतमा लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको अख्तियारले जानकारी दिएको छ। 

यो अभियोगमा अख्तियारले पौडेललाई थुनामा लिएर अनुसन्धान गरेको थियो। विदेशी नागरिकता लिएको तथा विदेशमा अवैध वित्तीय कारोबार गरेको विषयमा अख्तियारले अनुसन्धान गरेको थियो। 


प्रकाशित : आइतबार, वैशाख ९ २०८११४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend