शुक्रबार, जेठ ४ गते २०८१    
images
images

लयमा फर्किएन वैदेशिक व्यापार

images
आइतबार, वैशाख ९ २०८१
images
images
लयमा फर्किएन वैदेशिक व्यापार

धेरै आयात हुने वस्तुमा पर्ने पेट्रोलियम पदार्थको आयात अझै पनि गत वर्षको तुलनामा न्यून रहेको छ। गत वर्षको तुलनामा यो समूहको आयात १५ अर्बले न्यून भएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनासम्म पनि वैदेशिक व्यापार लयमा फर्किन सकेको छैन। भन्सार विभागको तथ्यांकअनुसार यो वर्षको ९ महिनासम्म पनि आयात र निर्यात दुवै ऋणात्मक रहेका छन्। 

images
images
images

यो वर्षको ९ महिनामा आयात २ प्रतिशतले ऋणात्मक छ भने निर्यात पनि ३ प्रतिशतले घटेको छ। 

images

धेरै आयात हुने वस्तुमा पर्ने पेट्रोलियम पदार्थको आयात अझै पनि गत वर्षको तुलनामा न्यून रहेको छ। गत वर्षको तुलनामा यो समूहको आयात १५ अर्बले न्यून भएको छ। 

images
images

अन्तर्राष्ट्रिय बजारमा मूल्यमा धेरै तलमाथि नभएपनि आयात भने अझै सामान्य अवस्थामा पुग्न सकेको छैन। उपभोक्ता तहसँगै औद्योगिक गतिविधिसँग पनि जोडिने पेट्रोलियम पदार्थको आयात अझै ऋणात्मक रहेको छ। 

images
images

सवारी साधानको आयात बढे पनि समग्रमा आयात अझै सामान्य अवस्थामा पुग्न सकेको छैन। 

त्यस्तै यो अवधिमा निर्यात पनि घटेको छ। अस्थायी र पटके वस्तुको निर्यातबाट लाभ लिँदै आएका नेपाली व्यवसायीले पछिल्लो समय भारतीय नीतिको मार खेपिरहेका छन्।

स्थायी औद्योगिक वस्तुभन्दा पनि अल्पकालीन वस्तुको निर्यातको अवसर छोप्दै आए पनि यो पालि त्यस्तो अवसर नहुँदा निर्यात प्रभावित भएको छ। 

यो नौ महिनामा नेपालमा ११ खर्ब ६७ अर्ब रुपैयाँको वस्तु आयात भएको छ यो गत वर्षको यही अवधिको तुलनामा २ प्रतिशतले न्यून हो।

गत वर्ष १२ खर्ब १ अर्ब रुपैयाँको आयात भएको थियो। त्यस्तै यो वर्ष १ खर्ब १४ अर्ब रुपैयाँको निर्यात भएको छ गत वर्ष १ खर्ब १८ अर्बको निर्यात भएको थियो। 

आन्तरिक बजारमा माग सिर्जनन हुन नसक्दा आयात बढ्न सकेको छैन। योसँगै कुल वैदेशिक व्यापार २ प्रतिशतले घटेको छ। 


प्रकाशित : आइतबार, वैशाख ९ २०८१०२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend