बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

वीरेन्द्र तालमा हिमपहिरो खस्दा बुढीगण्डकीमा बढ्यो बहाव, सतर्कता अपनाउन आग्रह

images
आइतबार, वैशाख ९ २०८१
images
वीरेन्द्र तालमा हिमपहिरो खस्दा बुढीगण्डकीमा बढ्यो बहाव, सतर्कता अपनाउन आग्रह

'हिमपहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर बाहिरिएको र बुढीगण्डकी नदीमा भल पुगेको छ, यसले बर्खा बेलामा जस्तै बुढीगण्डकीमा पानीको ठूलो बहाबको जोखिम बढाएको छ।'

images
images

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-१, सामागाउँमा पर्ने मनास्लु हिमालमा आज आइतबार बिहान साढे ८ बजे हिमपहिरो खसेको छ।

images
images
images

वीरेन्द्र तालमा हिमपहिरो खसेर एक्कासी पानी बाहिर आइ बहाव बढेको हुँदा गोरखा र धादिङको बुढीगण्डकी नदीको तटीय क्षेत्रमा साँझसम्म उच्च सतर्कता अपनाउन आग्रहसमेत गरिएको छ। 

images
images

मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए। पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर छालसँगै बुढीगण्डकी नदीमा मिसिएको उनले बताए।

images
images

'बिहान ९ बजे आसपासमा वीरेन्द्र तालभन्दा माथि ठूलो हिमपहिरो गएको छ', उनले भने, 'हिमपहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर बाहिरिएको र बुढीगण्डकी नदीमा भल पुगेको छ, यसले बर्खा बेलामा जस्तै बुढीगण्डकीमा पानीको ठूलो बहाबको जोखिम बढाएको छ।'

उनले नदीमा पानीको वहाब बढेकाले बुढीगण्डकी नदीको आसपासमा खतरा हुनसक्ने अवस्था रहेको बताए। 'सानो खालको हिमपहिरो त अरु समयमा पनि जान्थ्यो', लामाले भने, 'तर अहिले निकै ठूलो हिमपहिरो गएको छ।'

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) वासुदेव पाठकले हिमपहिरो खसेको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिए।

नदीमा आएको पानीको बहावले सामा गाउँमा एउटा काठे पुलमा क्षति पुर्‍याएको जानकारी आएको एसपी पाठकले बताए। 'प्रहरीको टोली घटनास्थल पुगिसकेको छ, अहिले तत्काल थप क्षति हुने अवस्था देखिएको छैन', उनले भने।

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले हिमपहिरो खसेपछि बुढीगण्डकी नदीमा पानीको बहाब बढेकाले नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको बताए। वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ। यसलाई बुढीगण्डकी नदीको मुहानको रुपमा लिने गरिन्छ। रासस


प्रकाशित : आइतबार, वैशाख ९ २०८१११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend