काठमाडौं- पाल्पा सिमेन्टले चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्ममा १ अर्ब ८० करोड रुपैयाँ बराबरको व्यापार गरेको छ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालको लगानी रहेको सिमेन्ट उद्योगले गत आर्थिक वर्ष २०७९/०८० मा भने ४ अर्ब १२ करोडको व्यापार गरेको थियो। गत आवको तुलनामा चालु आवको व्यापारमा केही कमी देखिएको छ।
कम्पनीले आईपीओसमेत जारी गर्ने भएको छ। उद्योग नवलपरासीमा रहेको छ। पाल्पा सिमेन्टले ४३ र ५३ ग्रेडको ओपीसी तथा पीपीसी सिमेन्ट उत्पादन गरिरहेको छ।
सन् २००९ मा स्थापना भएको उद्योगले २०११ देखि सिमेन्ट बजारमा ल्याएको थियो। कम्पनी २०२१ देखि प्रालिबाट लिमिटेडमा गएको थियो।