काठमाडौं- संसारका विभिन्न ६७ देशबाट आएकाहरुलाई नेपालमा सात दिन अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने भन्दै अध्यागनम विभागले शुक्रबार जारी गरेको सूचना तत्काल लागू नहुने जानकारी दिएको छ।
आज शनिबार विभागले वेबसाइटमा एक सूचना जारी गर्दै शुक्रबार सूचनामा उल्लेखित क्वारेन्टिनको नियम अर्को सूचना प्रकाशित नभएसम्मका लागि लागू नहुने प्रष्ट पारेको छ।
विभागले शुक्रबार सूचना जारी गर्दै विभिन्न ६७ देशबाट आएका नागरिकले नेपालमा आफ्नै खर्चनमा होटल क्वारेन्टिन बस्नुपर्ने उल्लेख गरेको थियो।