बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

उद्योगमा घट्दो लगानी : ९ महिनामा २ सय ८६ उद्योगमा १ खर्ब ६५ अर्बको लगानी प्रतिबद्धता

गत आवको तुलनामा १६ अर्ब र अघिल्लो आवको तुलनामा ९७ अर्ब रुपैयाँले कमी

images
आइतबार, वैशाख ९ २०८१
images
उद्योगमा घट्दो लगानी : ९ महिनामा २ सय ८६ उद्योगमा १ खर्ब ६५ अर्बको लगानी प्रतिबद्धता

गत आवको ९ महिनामा १ खर्ब ८१ अर्बको लगानी प्रतिबद्धता आएको थियो। गत आवमा भन्दा चालु आवको ९ महिनामा  उद्योगमा १६ अर्ब रुपैयाँले लगानी प्रतिबद्धता कम हो।

images
images

काठमाडौं- उद्योग विभागका अनुसार चालु आव २०८०/०८१ को ९ महिनामा २ सय ८६ वटा नयाँ उद्योग दर्ता भएका छन्। दर्ता भएका उद्योगमा १ खर्ब ६५ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। नयाँ दर्ता भएकामा पनि साना प्रकृतिका उद्योगको संख्या बढी छ। 

images
images
images

विभागका अनुसार ९ महिनामा जम्मा ३६ वटा ठूला प्रकृतिका उद्योग दर्ता भएका छन्। चालु आवको लागि विभागले ८० वटा ठूला उद्योग दर्ता गर्ने लक्ष्य लिएको थियो तर अहिलेसम्मको तथ्यांकका आधारमा अब लक्ष्य पूरा हुने अवस्था देखिएको छैन।

images
images

यसैगरी विभागका अनुसार ९ महिनामा २७ वटामात्रै मझौला प्रकृतिका उद्योग दर्ता भएका छन् भने साना प्रकृतिका उद्योग दर्तामा भने वार्षिक लक्ष्य २ सय वटा रहेकोमा ९ महिनामै २ सय २३ वटा दर्ता भइसकेका छन्। 

images
images

विभागका अनुसार चैतमा मात्रै २८ वटा उद्योगमा १० अर्ब ५९ करोडको लगानी प्रतिबद्धता आएको छ।  

२ सय ८६ उद्योगमा २० हजार १ सय ३७ जनाको लागि रोजगारी प्रस्ताव गरिएको छ। 

चालु आवको ९ महिनामा उद्योग दर्ताको संख्या बढेपनि लगानी प्रतिबद्धता भने गत आव २०७९/८० को सोही अवधिको तुलनामा कम हो। गत आवको साउनदेखि चैत मसान्तसम्ममा २ सय १७ वटा उद्योग दर्ता भएको थियो। २ सय १७ वटा उद्योगमा आएको लगानी प्रतिबद्धता चालु आवमा दर्ता भएका २ सय ८६ उद्योगमा आएको लगानी प्रतिबद्धताभन्दा बढी थियो। 

NUMBER.png

गत आवको ९ महिनामा १ खर्ब ८१ अर्बको लगानी प्रतिबद्धता आएको थियो। गत आवमा भन्दा चालु आवको ९ महिनामा  उद्योगमा १६ अर्ब रुपैयाँले लगानी प्रतिबद्धता कम हो।

विभागका अनुसार उद्योगमा लगानी प्रतिबद्धता निरन्तर रुपमा घट्दो छ। यसअघि आर्थिक वर्ष २०७८/०७९ को ९ महिनामा २ सय ३१ वटा उद्योग दर्ता भएका थिए। ती उद्योगमा २ खर्ब ६२ अर्बको लगानी प्रतिबद्धता आएको थियो। चालु आवमा अघिल्लो आव २०७८/०७९ को तुलनामा ९७ अर्बले लगानी प्रतिबद्धतामा कमी आएको हो। 

लगानी.png

लगानीमा छैन उत्साह

कमजोर आर्थिक गतिविधिको चौतर्फी असर देखिन थालेको छ। केही समययता बजारमा घटेको माग र त्यसैका कारणले समग्र अर्थतन्त्रमा आएको शिथिलताको मार अर्थतन्त्रका प्राय: सबै क्षेत्रमा देखिन थालेको छ।

अर्थतन्त्रमा देखिएको मन्दी, उच्च मूल्यवृद्धि तथा महँगो पुँजीका कारण लगानीकर्तामा पनि उत्साह हराउँदै गएको देखिन्छ। स्वदेशी तथा विदेशी लगानीकर्ताको आत्मविश्वास खस्कँदै गएको तथ्यांकले देखाएको छ।

भएकै उद्योग व्यवसाय राम्रोसँग नचलिरहेको समयमा नयाँ उद्योग व्यवसायको योजना उद्योगी व्यवसायीले पछि सारिरहेका छन्। यसको प्रभाव नयाँ उद्योगमा आइरहेको लगानी प्रतिबद्धतामा देखिन्छ।  

उद्योगमा आएको लगानी प्रतिबद्धतालाई हेर्दा व्यवसायीमा आत्मविश्वास देखिएको छैन। उद्योगको आकार वा उनीहरूले गर्नसक्ने लगानी क्षमतामा कमी देखिएको छ।  

नयाँ उद्योग व्यवसायमा ऋण माग गर्दै बैंकमा पछिल्लो समय प्रस्ताव पुग्नै छाडेको बैंकरहरूले उल्लेख गर्ने गरेका छन्। भएकै ऋणको भुक्तानी कसरी तिर्ने भन्नेमै उद्योगी व्यवसायीमाथि दबाब भएकाले नयाँमा खासै उत्साह देखिएको छैन।


प्रकाशित : आइतबार, वैशाख ९ २०८१०७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend