बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

शहिद लखन गाउँपालिकाका महिलाले थाले गाउँमै स्यानिटरी प्याड उत्पादन

images
शनिबार, वैशाख ८ २०८१
images
शहिद लखन गाउँपालिकाका महिलाले थाले गाउँमै स्यानिटरी प्याड उत्पादन

उद्योगबाट नवपालुका कोशिस महिला समूहमा आबद्ध २१ महिला प्रत्यक्षरुपमा आयआर्जनसँग जोडिन पुगेका छन्। उद्योगमा उत्पादन गरिएका प्याड स्थानीय बजारमा बिक्री गर्नसमेत थालिएको छ।

images
images

गोरखा- शहिद लखन गाउँपालिकाका विपन्न तथा सीमान्तकृत महिलाले समूहमा मिलेर गाउँमै स्यानिटरी प्याड उत्पादन गर्न सुरु गरेका छन्। 

images
images
images

व्यावसायिक सीपमूलक तालिमबाट सिकेर महिलाले सामूहिकरुपमा लगानी गरी प्याड उत्पादन गर्न थालेको सहिदलखन-५ स्थित नवपालुवा कोसिस महिला समूहका अध्यक्ष गीता परियारले जानकारी दिइन्।

images
images

'नेपाल दलित महिला उत्थान संघ (एड्वान) ले प्रदान गरेको स्यानिटरी प्याड बनाउने तालिम लिएपछि गाउँमै प्याड उत्पादन गर्न सकिन्छ भन्ने लाग्यो', उनले भनिन्, 'तालिमसँगै वडा कार्यालय र एड्वानको समेत आर्थिक सहयोगमा समूहमा आबद्ध महिलाले पनि लगानी गरेर आवश्यक मेसिन खरिद गरी प्याड उत्पादन गर्न सुरु गरिएको हो।'

images
images

उद्योगबाट नवपालुका कोशिस महिला समूहमा आबद्ध २१ महिला प्रत्यक्षरुपमा आयआर्जनसँग जोडिन पुगेको उनको भनाइ छ। उद्योगमा उत्पादन गरिएका प्याड स्थानीय बजारमा बिक्री गर्नसमेत थालिएको छ।

'भर्खरैमात्र उत्पादन थालेकाले उत्पादन भएजति सबै बजारमा बिक्री हुने गरेको छ', परियारले भनिन्, 'अहिलेसम्म उद्योगमा करिब दुई हजार थान प्याड उत्पादन गरिसकिएको छ, सबै स्थानीय बजारमा नै खपत भएको छ। कतिपय स्थानीय व्यापारीले उद्योगमै आएर पनि बिक्रीका लागि किनेर लैजान थालेको उनको भनाइ छ।

'फागुन महिनामै उत्पादन सुरु गरी बजारमा पठाउने तयारी भए पनि प्याडको बाहिरी प्याकेट आउन अलि ढिलो भयो', उनले भनिन्, 'उत्पादन माघ महिनाबाट नै सुरु गरिएको हो।'

उद्योगमा जोडिएका समूहका सदस्य पालैपालो उद्योगको काममा खटिने गरेको उनको भनाइ छ। प्याकिङका लागि तयारी अवस्थामा रहेको प्याड पनि केही दिनमै प्याकेटमा राखेर बजार पठाउने तयारी भइरहेको छ। समूहले ठूलोमात्रा प्याड उत्पादन गरी त्यसको बजार व्यवस्थापन गर्न गाउँपालिकासँग पनि आवश्यक समन्वय गरिरहेको परियारले जानकारी दिइन्।

उद्योगमा अहिले प्रयोग गरिएको मेसिनले प्रतिमिनेट ३० थान स्यानिटरी प्याड उत्पादन गर्नसक्ने उनको भनाइ छ। 'नियमितरुपमा उत्पादन गर्न सकियो भने जिल्लाभित्रका अन्य पालिकामा पुर्‍याउन सक्छौँ भन्ने लागेको छ', परियारले भनिन्, 'तत्कालका लागि स्यानिटरी प्याडको बाहिरी प्याकेट चितवनबाट छपाइ गरेर ल्याउने गरेका छौँ।'

उत्पादित प्याड परीक्षणका लागि बजारमा ५० रूपैयाँ प्रतिप्याकेटका दरले बिक्री गर्न थालिएको छ। 'बाहिरबाट ल्याएको स्यानिटरी प्याड अहिले स्थानीय बजारमा प्रतिप्याकेट ७० रूपैयाँमा बिक्री हुँदै आएको छ', उनले भनिन्।

उद्योग सञ्चालनका लागि अहिलेसम्म १५ लाख ५० हजार रूपैयाँभन्दा बढी लगानी भइसकेको छ।

वडा नं ५ का वडाध्यक्ष चन्द्र रानामगरले समूहलाई उद्योग सञ्चालनका लागि ताक्लुङमा रहेको सामुदायिक भवन उपलब्ध गराइएको बताए। उनका अनुसार महिला समूहले भर्खरैमात्र उत्पादन सुरु गरेकाले त्यसको बजारीकरणका लागि आवश्यक पहल स्थानीय सरकारले पनि गरिरहेको छ। रासस


प्रकाशित : शनिबार, वैशाख ८ २०८११४:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend