शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

वीरगञ्ज भन्सारको राजस्व लक्ष्यभन्दा कम, नौ महिनामा एक खर्ब १४ अर्ब संकलन

images
images
images
वीरगञ्ज भन्सारको राजस्व लक्ष्यभन्दा कम, नौ महिनामा एक खर्ब १४ अर्ब संकलन

चालु आवको साउनदेखि चैतसम्ममा कार्यालयले एक खर्ब १४ अर्ब १६ करोड रूपैयाँ राजस्व संकलन गर्न सफल भएको हो।

images
images

पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा एक खर्ब रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

images
images
images

चालु आवको साउनदेखि चैतसम्ममा कार्यालयले एक खर्ब १४ अर्ब १६ करोड रूपैयाँ राजस्व संकलन गर्न सफल भएको हो।

images

चालु आवको नौ महिनाका लागि भन्सार विभागले एक खर्ब ८१ अर्ब ९९ करोड रूपैयाँको लक्ष्य निर्धारण गरेको थियो। कार्यालयले लक्ष्यभन्दा ६७ अर्ब ८२ करोड रूपैयाँ कम राजस्व संकलन गरेको छ।

images

विश्व आर्थिक मन्दीको प्रभावले राजस्वको लक्ष्य हासिल गर्न नसकिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए। उनले सवारी साधन तथा इन्धनको आयातमा आएको कमीले राजस्व संकलनलाई प्रभावित गरेको बताए।

images
images

गत आवको तुलनामा चालु आवभित्र कारोबारमा केही सुधार देखिए पनि कोरोनाकाल अगाडिको अवस्थामा फर्किन नसकेको अधिकृत सुवेदीले जानकारी दिए।

उनले गत आवको नौ महिनाका लागि विभागले दिएको लक्ष्यको तुलनामा ६० प्रतिशत मात्र राजस्व संकलन भएको बताए। रासस

images

प्रकाशित : शनिबार, वैशाख ८ २०८१०१:१५

प्रतिक्रिया दिनुहोस