बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

आज काठमाडौंका यी स्थानमा बेलुकी ५ बजेसम्म विद्युत सेवा अवरुद्ध

images
शनिबार, वैशाख ८ २०८१
images
आज काठमाडौंका यी स्थानमा बेलुकी ५ बजेसम्म विद्युत सेवा अवरुद्ध

लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि फिडर ‘सटडाउन’ गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध गरिएको प्राधिकरणले जनाएको छ।

images
images

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी वितरण केन्द्रको मूलपानी फिडर र डाँछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध गरिएको छ।

images
images
images

लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि फिडर ‘सटडाउन’ गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध गरिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार गोसले जानकारी दिए।

images
images

'अन्य कुनै कारण नभएर लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध भएको हो, ग्राहक सेवामा पर्न जाने असुविधाप्रति प्रधिकरण क्षमाप्रार्थी छ', उनले भने।

images
images

आज जोरपाटी वितरण केन्द्रको मूलपानी फिडरअन्तर्गत बाबाचोक, मूलपानी चउर, मिलन चोक, फुयाँल गाउँ, तिवारी टोल, गोकर्ण फरेस्ट रिसोर्ट, थलीलगायतका स्थानमा बेलुका ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध गरिएको प्राधिकरणले जनाएको छ।

यसैगरी डाँछी फिडरअन्तर्गतका शिवचोक, अर्याल गाउँ, दक्षिणढोका, होटल नोर्लिङ, ग्रिनहिल सिटीलगायतका क्षेत्रमा मध्याह्न १२ः३० बजेसम्म, रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने पानीट्यांकी, अनामनगर पूर्वी गेट हुँदै हनुमानस्थान, सिंहदरबार दक्षिण गेट हुँदै अन्नपूर्ण न्युरो अस्पताल, प्रभु बैंक अगाडि धोवीखोला हुँदै सेतोपुल, मैतीदेवी जाली कारखाना, घट्टेकुलो, गोरखा एफएमलगायतका क्षेत्रमा बुलकी ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध गरिएको छ। रासस


प्रकाशित : शनिबार, वैशाख ८ २०८१११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend