बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

६८ लाख लागतमा बन्यो टीकापुरको ७ नम्बर वडाको प्रशासनिक भवन

images
शनिबार, वैशाख ८ २०८१
images
६८ लाख लागतमा बन्यो टीकापुरको ७ नम्बर वडाको प्रशासनिक भवन

शक्तिशाली भूकम्पमा पनि नभत्कने गरी बनाइएको उक्त  भवनमा पाँच कोठा छन्।

images
images

टीकापुर- टीकापुर नगरपालिका वडा नं ७ को प्रशासनिक भवन ६८ लाख लागतमा निर्माण सम्पन्न भएको छ। शक्तिशाली भूकम्पमा पनि नभत्कने गरी बनाइएको उक्त  भवनमा पाँच कोठा छन्।

images
images
images

नगरप्रमुख रामलाल डगौरा थारुले शुक्रबार भवन उद्घाटन गर्दै नगरपालिकाले नगरमा आवश्यक भौतिक पूर्वाधार निर्माणलाई निरन्तरता दिने बताए। उनले नगरवासीको सुविधाका निम्ति बाटो, भवन, पुललगायत संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

images
images

प्रमुख प्रशासकीय अधिकृत दमनसिंह अब सेवा प्रवाहमा सहजता हुने बताउँदै जनभावनाअनुसार जनप्रतिनिधि र कर्मचारीले नगरवासीको सेवा गर्ने विश्वास व्यक्त गरे।

images
images

तत्कालीन नारायणपुर गाविका पूर्वअध्यक्ष फकिरसिंहले सेवा प्रवाहमा सुधार गरी नागरिकको मन जित्न सुझाव दिए।

कार्यक्रममा वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले जिल्ला समन्वय समिति, नगरपालिका लगायत निकायले भवन निर्माणमा सघाएकामा कृतज्ञता व्यक्त गरे। रासस


प्रकाशित : शनिबार, वैशाख ८ २०८१११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend