बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

कैलालीका सात नदीमा २१ करोड खर्चिएर तटबन्ध निर्माण सुरु

images
शनिबार, वैशाख ८ २०८१
images
कैलालीका सात नदीमा २१ करोड खर्चिएर तटबन्ध निर्माण सुरु

कटैनी गौरीगंगा, शिवगंगा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको हो।

images
images

कैलाली- जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ। कटैनी गौरीगंगा, शिवगंगा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको हो।

images
images
images

प्रदेश सरकारले चालु आर्थिक वर्षमा नदी कटान नियन्त्रण तथा रोकथाम गर्न १७ करोड छ लाख रूपैयाँ बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ।

images
images

गौरीगंगा नगरपालिकास्थित कटैनी नदीमा दुई सय ८०, गौरीगंगा दुई सय ३०, शिवगंगा एक सय ६५ र कैलालीको घुराहा नदीमा एक सय ५० गरी आठ सय २५ मिटर तटबन्धका लागि तीन करोड रूपैयाँको ठेक्का सम्झौता भएको छ। 

images
images

बर्दगोरिगा गाउँपालिकाको काँडानदीमा तटबन्ध निर्माणका लागि पाँच करोड रूपैयाँको ठेक्का सम्झौता भइ धमाधम काम भइरहेको डिभिजन प्रमुख अमरबहादुर पालले बताए।

कान्द्रा नदीमा तटबन्ध निर्माणका लागि नौ करोड रूपैयाँको ठेक्का सम्झौता भइ काम सुरु भएको छ। घोडाघोडी नगरपालिका-१० कठैया, ११ मग्रहवा र १२ को अम्बारीमा एक किलो १६ मिटर तटबन्ध निर्माणका काम सुरु भएको डिभिजन प्रमुख पालले बताए।

यसैगरी मोहन्याल गाउँपालिका-४ खिमडीस्थित ठूलीगाडमा सात सय ५६ मिटर तटबन्ध निर्माणका लागि चार करोड रूपैयाँमा ठेक्का सम्झौता भएको छ।

डिभिजन कार्यालयका प्रमुख पालले नौ महिनाभित्र तटबन्धको काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको बताए। रासस  


प्रकाशित : शनिबार, वैशाख ८ २०८११०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend