शनिबार, मंसिर १५ गते २०८१    
images
images

वन डढेलो नियन्त्रणका लागि सीसी क्यामरा जडान

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ७ २०८१
images
images
वन डढेलो नियन्त्रणका लागि सीसी क्यामरा जडान

सीसी क्यामरा जडान गरेर डढेलो लगाउनेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउन वनविद्हरूको सुझाव दिएसँगै सीसी क्यामेरा जडान थालिएको हो।

images
images

काठमाडौं- वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यलयहरूले सीसी क्यामरा राख्न सुरु गरेका छन्। जंगलमा लाग्ने अधिकांश डढेलो मानवीय कारणले भएको भन्दै नियन्त्रणका लागि सीसी क्यामरा राख्न सुरु गरिएको हो। 

images
images
images

चुरोट सल्काएर सलाइको काँटी तथा चुरोटको ठुटा जंगलमा फाल्ने, जंगलमा घाँस पलाउने भन्दै जानाजान आगो लगाउनेलगायत मानवीय गतिविधिका कारण जंगलमा आगो लाग्ने गरेको डिभिजनल वन अधिकृतहरूको भनाइ छ।

images

सीसी क्यामरा जडान गरेर डढेलो लगाउनेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउन वनविद्हरूको सुझाव दिएसँगै सीसी क्यामेरा जडान थालिएको हो। 

images

कपिलवस्तुका डिभिजनल वन अधिकृत विजय सुवेदीले मानिसले जानाजान जंगलमा आगो लगाउन थालेपछि नियन्त्रणका लागि सीसी क्यामरा जडानको कार्य अगाडि बढाइएको बताए।

'हाल दुई वटा सीसी क्यामरा जडान भइरहेका छन्। अन्य स्थानमा पनि क्यामरा जडान प्रक्रियालाई प्रथिमकतामा राखेर अगाडि बढ्ने योजना बनाएका छौँ', उनले भने, 'यति नगरे जंगलमा गएर आगो लगाउने गतिविधि नै रोकिएन। आगो लगाउनेलाई कारबाहीको दायरामा ल्याउनका लागि पनि क्यामराले सहज हुनेछ।'

नेपाल प्राविधिक सङ्घका अध्यक्ष राकेश कर्णले पनि सीसी क्यामरा जडान गरेमा डढेलो नियन्त्रणमा सहज हुने बताए। 'अधिकांश वन डढेलो मानवले जानाजान लगाएका हुन्छन्, मानवीय गतिविधि नियन्त्रण गर्नका लागि पनि वन क्षेत्रमा सीसी क्यामरा जडान गर्नु उचित हुन्छ', उनले भने, 'योलगायत वन व्यवस्थापनको क्रियाकलापलाई उच्च प्राथमिकता दिन जरुरी छ।'

मानिसले जंगलमा आगो लगाएमा कानुनी कारबाहीको व्यवस्था छ। वन ऐन, २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था गरिएको छ। 'यस कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ', ऐनमा उल्लेख छ। 

वन डढेलो व्यवस्थापन रणनीति, २०६७ ले डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायका परिचालन गर्ने, डढेलोबाट हुनसक्ने जोखिमबारे अग्रिम जानकारी लिनका लागि पूर्वतयारी गर्नेलगायतका लक्ष्य राखेको छ।

वन डढेलो नियन्त्रण गर्न सरोकारवालाहरूले ऐन तथा नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्। रासस 


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८११६:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend