आइतबार, भदौ २३ गते २०८१    
images
images

वायुसेवा सञ्चालक संघमा पुनः थापा चयन

images
शुक्रबार, पुस २ २०७८
images
images
वायुसेवा सञ्चालक संघमा पुनः थापा चयन

संघको २१औं वार्षिक साधारणसभाबाट थापा पुन अध्यक्षमा सर्वसम्मत अध्यक्ष चयन भएका हुन्। संघको प्रथम उपाध्यक्षमा यति एयरलाइन्सका सिइओ अनोज रिमाल चयन भएका छन्। 

images
images

काठमाडौं- निजी क्षेत्रका वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघको अध्यक्षमा पुनः रामेश्वर थापा निर्वाचित भएका छन्। 

images
images
images

संघको २१औं वार्षिक साधारणसभाबाट थापा पुन अध्यक्षमा सर्वसम्मत अध्यक्ष चयन भएका हुन्। संघको प्रथम उपाध्यक्षमा यति एयरलाइन्सका सिइओ अनोज रिमाल चयन भएका छन्। 

सौर्य एयरलाइन्समा उपाध्यक्षमा गोपाल भट्टराई र  तृतिय उपाध्यक्षर्मा , अल्टिच्यूड एयर निमा नुरु शेर्पा रहेको छ। महासचिवमा समिट एयरका मनोज कार्की चयन भएका छन्। सचिवमा मनाङ एयरका राजु न्यौपाने र कोषध्यक्षमा बुद्ध एयरको रुपेश जोशी चयन भएका छन्। 

त्यस्तै सदस्यहरुमा हेली एभरेष्टका फुरु ग्याल्जे शेर्पा, प्रभू हेलिकप्टरका सुवास अमात्य, श्री एयरलाइन्स अनिल मानन्धर, गुण एयरलाइन्सका प्रज्वल थापा, कैलाश हेलिकप्टरका श्रीहरि कुईकेल र एयर डाइनेष्टि हेलिका बालकृष्ण पण्डित सदस्यमा चयन भएका छन्। 

images


प्रकाशित : शुक्रबार, पुस २ २०७८१२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend