काठमाडौं- सुनको मूल्य आज शुक्रबार पनि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला सात सय रुपैयाँले उकालो लागेको छ।
बिहीबार प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएकामा आज १ लाख ३९ हजार ३ सय रुपैयाँ मूल्य निर्धारण भएको छ। जुन मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो।
यस्तै तेजाबी सुन बिहीबार तोलामा १ लाख ३७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने १ लाख ३८ हजार ६ सय ५० निर्धारण भएको छ।
त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ। बिहीबार प्रतितोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएकामा आजका लागि भने १ हजार ७ सय २० रुपैयाँ निर्धारण भएको छ।