शनिबार, असोज ५ गते २०८१    
images
images

पर्यटन बोर्डका सीईओ रेग्मीलाई कामकाजमा राेक

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २ २०७८
images
images
पर्यटन बोर्डका सीईओ रेग्मीलाई कामकाजमा राेक

बोर्ड सञ्चालक समितिले रेग्मी विरुद्ध छानविनका लागि उपसमिति बनाउने निर्णय गरेको छ। 

images
images

काठमाडौं- नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीलाई कामकाजमा राेक लगाउने निर्णय गरेकाे छ।

images
images
images

बोर्ड सञ्चालक समितिकाे शुक्रबार साँझ बसेकाे बैठकले सीईओ रेग्मीविरुद्ध छानविनका लागि उपसमिति बनाउँदै रेग्मीलाई तत्काल कामकाजमा राेक लागाउने निर्णय गरेको हो। 

बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा उपसमिति गठन भएको छ। तीन सदस्यीय समितिमा दुई जना मन्त्रालयबाट नियुक्त गरिने छ।

रेग्मीले यसअघि विदेशबाट फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीसँग लफडा गरेको, बोर्ड हित विपरीत काम गरेको भन्ने आरोप लगाउँदै समितिले छानविन गर्न लागेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेकाे दवावमा कामकाजमा राेक लगाइएकाे हाे।

images

प्रहरीले गर्नुपर्ने छानविन भए पनि मन्त्री आलेले सीईओ हटाउने खेलमा लागेका छन्। कानूनी रुपमा कमजाेर हुने छानविनकाे पक्षमा मन्त्रीले दवाव दिएका छन्। याे विवाद अदालतसम्म जाने देखिन्छ। 

समितिले रेग्मीलाई पदबाट हटाउनका लागि भन्दै छानविन समिति बनाएको हो। मन्त्री आलेले रेग्मीलाई हटाउन खोजेका छन्। 

 समिति बनाएपछि प्रमुख कार्यकारी अधिकृतबाट बोर्डको हित विपरीत हुने देखिएमा समितिले रेग्मीलाई निलम्बन गर्नसक्ने छ। समितिले छानविन प्रतिवेदन बुझाएपछि समितिले स्पष्टीकरण सोध्ने छ। प्रमुख कार्यकारीले दिएको स्पष्टीकरणमा चित्त नबुझेमा समितिले बर्खास्त गर्न सक्ने छ। 


प्रकाशित : शुक्रबार, पुस २ २०७८१२:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend