शनिबार, मंसिर १५ गते २०८१    
images
images

बागमती, गण्डकी र कर्णालीमा वर्षाको सम्भावना, हुरीबतास पनि आउन सक्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ७ २०८१
images
images
बागमती, गण्डकी र कर्णालीमा वर्षाको सम्भावना, हुरीबतास पनि आउन सक्ने

देशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा पानी र हिउँ पर्नेछ। लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ।

images
images

काठमाडौं- हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको जनाएको छ।

images
images
images

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भागमा  मौसम मुख्यतया सफा रहने छ।

images

कोशी प्रदेशका पहाडी  भागका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा वर्षा र हिमपातको पनि सम्भावना छ।

images

आज राति  देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी,  बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

त्यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आज शुक्रबार बिहान जारी गरेको बुलेटिनअनुसार कोशी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा पानी र हिउँ पर्नेछ। लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८१०९:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend