सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

images
बिहीबार , वैशाख ६ २०८१
images
images
यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

दूतावासका अनुसार बाढीमा परेर ज्यान गुमाएका भरतपुरका मोहन पुन भिजिट भिसामा यूएई पुगेका थिए।

images
images

काठमाडौं- युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ।

images
images

आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो।

images
images

यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ। उनी सोही स्थानमा रहेका बेला क्याफे रेष्टुरेन्टमा काम गर्ने गरेको जानकारीमा आएको दूतावासले जनाएको छ।

images
images
images

यूएईमा दुई दिनदेखि परेको वर्षाका कारण बाढी आइरहेको छ। बाढीका कारण यूएईका सरकारी कार्यालय बन्द रहेको दूतावासले जानकारी दिएको छ। सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासले जनाएको छ। दूतावासका अनुसार पुन भिजिट भिसामा यूएई पुगेका थिए।


प्रकाशित : बिहीबार , वैशाख ६ २०८११७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend