शनिबार, साउन १२ गते २०८१    
images
images
images

महासंघ पूर्वअध्यक्ष राणाको ग्रुपले ५० करोड लगानीमा सुरू गर्‍यो सिरिन्ज उत्पादन

images
बिहीबार , वैशाख ६ २०८१
images
images
महासंघ पूर्वअध्यक्ष राणाको ग्रुपले ५० करोड लगानीमा सुरू गर्‍यो सिरिन्ज उत्पादन

सबै उत्पादनहरुको गुणस्तरमा सम्झौता नगर्ने र मूल्य पनि आयातित सिरिन्जको तुलनामा कम रहेको कम्पनीले जनाएको छ।

images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको ग्रुपले नेपालमै विश्व गुणस्तरीय सिरिन्ज उत्पादन सुरू गरेको छ।

images
images

नेपालको स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय सिरिन्ज उपलब्ध गराउने लक्ष्यसहित फरच्युना हेल्थकेयर प्रालिले ‘फरच्युना' ब्रान्डमा विभिन्न साइजका गुणस्तरीय सिरिन्जहरु उत्पादन सुरूगरेको फरच्युनाकी अध्यक्ष राणाले जानकारी दिइन्।

images

मुलुकको औद्योगिक विकास, आयात प्रतिस्थापन तथा गुणस्तरीय उत्पादनको प्रतिबद्धतासहित फरच्युना हेल्थकेयरले स्वदेशी अस्पताल, क्लिनिक तथा निजी प्रयोजनका लागि आवश्यक सिरिन्जहरुको उत्पादन सुरु गरेको उनको भनाइ छ।

फरच्युना हेल्थकेयर प्रालिद्वारा उत्पादित फरच्युना ब्राण्डका सिरिन्ज उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलगायतले बिहीबार राजधानीमा आयोजित समारोहमा सार्वजनिक गरेका थिए।

images

फरच्युना हेल्थकेयरले एक एमएलदेखि ५० एमएलसम्मका निडलसहितका सिरिन्जहरु तथा इन्सुलिन सिरिन्जलगायतका उत्पादनहरु बजारमा ल्याएको छ।

कम्पनीले चाँडै नै आईभी क्यानुला, हाइ क्वालिटी ग्लभ्स, ब्लड कलेक्सन ट्युव, आईभी क्यानुला फिक्सटर, एब्जर्बेन्ट कटन उल आईपी, गज, आईभी सेट, यूरीन ब्याग, क्रेप एन्ड रोल ब्यान्डेजलगायतका उत्पादन बजारमा ल्याउने तयारी गरिरहेको फरच्युना हेल्थकेयरका प्रबन्ध सञ्चालक एवं जिरी ग्रुपका अध्यक्ष ईश्वर जिसीले जानकारी दिए। जिसी २० वर्षदेखि उपादन तथा सेवामूलक उद्योगमा काम गरिरहेका छन्।

सबै उत्पादनहरुको गुणस्तरमा सम्झौता नगर्ने र मूल्य पनि आयातित सिरिन्जको तुलनामा कम रहेको कम्पनीले जनाएको छ।

उद्योग स्थापना तथा उत्पादन विविधिकरणका लागि ८० करोड रूपैयाँ पुँजी राखेको फरच्युना हेल्थकेयर प्रालिले हालसम्म ५० करोड रूपैयाँ लागानी भइसकेको अध्यक्ष राणाले जानकारी दिइन्।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा विश्वका १७ मुलुकबाट नेपालमा ५७ करोड ८३ लाख रुपैयाँभन्दा बढीको सिरिन्ज आयात भएको छ। यसरी एकै वर्ष ६ करोड ३७ लाख १० हजारको संख्यामा सिरिन्ज भित्रिए पनि यसको गुणस्तर परीक्षण नहुँदा  स्वास्थ्यकर्मी र सेवाग्राही तथा बिरामीले दुःख पाइरहेका छन्। 

'फर्चुना हेल्थ केयर प्रालिले गुणस्तरमा कुनै सम्झौता गर्दैन। हामी मुलुकका लागि आवश्यक सिरिन्ज पूर्ण रुपमा उत्पादन गर्न सक्षम छौँ र यसमा नेपाल सरकार लगायत नियामकीय निकायबाट र स्वास्थ्य संस्थाहरु तथा स्वास्थ्यकर्मीहरुबाट पूर्णसहयोगको अपेक्षा गर्दछौँ,' अध्यक्ष राणाले भनिन्।

कम्पनीले आफ्ना उत्पादन विश्व स्वास्थ्य संगठनले औषधि उद्योगका लागि तोकेको मापदण्ड जीएमपीमा आधारित रही आईएसओ मापदण्डको स्ट्यान्डर्ड पूरा गरिसकेको र नेपाल गुणस्तर चिह्न प्राप्तिका लागि पनि प्रक्रिया अघि बढिसकेको कम्पनीले जनाएको छ।

नेपाली बजारमा वार्षिक ५८ करोड रूपैयाँको सिरिन्ज आयात भइरहेको र तीमध्ये अधिकांश उत्पादन गुणस्तरीय नहुँदा स्वास्थ्यकर्मी र बिरामीले दुःख पाइरहेको अवस्थालाई अन्त्य गर्न फरच्युना ब्राण्डका सिरिन्ज प्रतिबद्ध रहेको अध्यक्ष राणाले बताइन्।

प्रबन्ध सञ्चालक जीसीले कोभिड महामारीपछि मेडिकल सामाग्रीहरु उत्पादनमा आत्मनिर्भर बन्नैपर्छ भन्ने सन्देशलाई आत्मसात् गर्दै फरच्युनाले सिरिन्जलगायतका मेडिकल समाग्रीहरु उत्पादन गरी सुलभ मूल्यमा उच्च गुणस्तरको उत्पादनहरु उपलब्ध गराएर आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको बताए।


प्रकाशित : बिहीबार , वैशाख ६ २०८११९:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend