सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

लगानी कोष र सिउरी न्यादीबीच सेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

images
बिहीबार , वैशाख ६ २०८१
images
images
लगानी कोष र सिउरी न्यादीबीच सेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

न्यादीले प्रतिकित्ता एक सय रूपैयाँका दरले तीन करोड तीन लाख ६० हजार सात सय ८४ कित्ता सेयर निष्कासन गर्दैछ। उक्त सेयरको तीन अर्ब तीन करोड ६० लाख ७८ हजार चारसय रूपैयाँ बराबरको सेयर प्रत्याभूति कोषले गर्ने भएको हो।

images
images

काठमाडौं- नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। सिउरी न्यादीले निष्कासन गर्न लागेको साधारण सेयरको कोषले प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज हस्ताक्षर भएको हो।

images
images

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईँले हस्ताक्षर गरेका छन्। न्यादीले प्रतिकित्ता एक सय रूपैयाँका दरले तीन करोड तीन लाख ६० हजार सात सय ८४ कित्ता सेयर निष्कासन गर्दैछ। 

images
images

उक्त सेयरको तीन अर्ब तीन करोड ६० लाख ७८ हजार चारसय रूपैयाँ बराबरको सेयर प्रत्याभूति कोषले गर्ने भएको हो। यसभन्दा अघि पनि कोषले धेरै कम्पनीसँग सेयर प्रत्याभूतिको कार्य गरिसकेको छ। रासस

images
images
images


प्रकाशित : बिहीबार , वैशाख ६ २०८११६:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend