शनिबार, असोज ५ गते २०८१    
images
images

ग्लोबल आईएमई बैंकले ल्यायो एनआरएन लक्षित ६ वटा नयाँ खाता योजना  

images
शुक्रबार, पुस २ २०७८
images
images
ग्लोबल आईएमई बैंकले ल्यायो एनआरएन लक्षित ६ वटा नयाँ खाता योजना  

अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अष्ट्रेलियन डलर, चाइनिज युआन र जापानिज येनमा खोल्न सकिने एनआरएन एफसीवाई बचत तथा मुद्दति खातामा आकर्षक ब्याजदर प्रदान गरिने बैंकले जानकारी दिएको छ । 

images
images

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीद्वारा प्रबर्द्धित विदेशस्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दति निक्षेप खाताहरु रहेका छन् । 

images
images
images

अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अष्ट्रेलियन डलर, चाइनिज युआन र जापानिज येनमा खोल्न सकिने एनआरएन एफसीवाई बचत तथा मुद्दति खातामा आकर्षक ब्याजदर प्रदान गरिने बैंकले जानकारी दिएको छ । 

खाता सञ्चालकहरुलाई कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा छुट, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग शुल्कमा छुट तथा खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने  बैंकले जानकारी दिएको छ। 

 

images


प्रकाशित : शुक्रबार, पुस २ २०७८१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend