सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

images
बिहीबार , वैशाख ६ २०८१
images
images
अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

'सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायीहरुको आत्मबल बढाउँदै नयाँ आर्थिक अवसरको सिर्जना गर्न आवश्यक देखिएको छ।'

images
images

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेको बताएका छन्।

images
images

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘सस्टेनेवल अकाउन्टिङ प्राक्टिसेस’ विषयक तेस्रो राष्ट्रिय लेखाव्यवसायी सम्मेलनको उद्घाटन समारोहमा उनले अर्थतन्त्रका केही परिसूचक सुधारोन्मुख रहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योगधन्दा विकासको माध्यमबाट अर्थतन्त्रलाई अझ चलायमान बनाउन आवश्यक देखिएको बताए।

images
images

'सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायीहरुको आत्मबल बढाउँदै नयाँ आर्थिक अवसरको सिर्जना गर्न आवश्यक देखिएको छ,' मन्त्री भण्डारीले भने, 'यसले एकातिर अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गर्छ भने अर्कोतिर देशभित्रै रोजगारीका अवसर सिर्जना हुन्छ, यस कार्यमा लेखा व्यवसायी त्यसमा पनि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको भूमिका अझ महत्वपूर्ण हुने मैले विश्वास लिएको छु।'

images
images
images

उनले विश्वमा कतिपय सफल मानिएका व्यवसाय गलत लेखांकन र लेखाका सर्वमान्य सिद्धान्तको प्रयोग नगरिनाले सदाका लागि व्यवसाय बन्द गर्नुपरेको उदाहरण दिँदै गलत लेखांकनले देशको अर्थतन्त्रलाई प्रत्यक्ष नकारात्मक असर पर्ने उल्लेख गरे।

आर्थिक क्षेत्रको विकास विना देशको समग्र विकास सम्भव नहुने उल्लेख गर्दै मन्त्री भण्डारीले भने, 'आर्थिक क्षेत्रको विकासमा लेखा व्यवसायीको अहम् एवं प्रत्यक्ष भूमिका रहने कुरा सर्वविदितै छ, लेखा राख्नु नियमित काम भए पनि त्यसको विश्वसनीयता र पारदर्शिता समग्र आर्थिक विकासका लागि अत्यन्तै महत्वपूर्ण हुन्छ।' रासस


प्रकाशित : बिहीबार , वैशाख ६ २०८११३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend