मंगलबार, फागुन ६ गते २०८१    
मंगलबार, फागुन ६ २०८१
images
images

साढे ३० लाखको आलु बिक्री गर्दै सकियो महोत्सव

images
बिहीबार , वैशाख ६ २०८१
images
images
साढे ३० लाखको आलु बिक्री गर्दै सकियो महोत्सव

हेमजाका पाँच सय ४० घरपरिवार किसान व्यावसायिक रूपमा आलुखेतीमा आबद्ध छन्।

images
images

कास्की- आलु गाउँका रूपमा प्रख्यात पोखरा महानगरपालिका-२५ हेमजामा सञ्चालन भएको आलु महोत्सव सकिएको छ।

images
images
images

गत चैत २५ गतेदेखि सुरु भएको आलु महोत्सव बुधबारसम्म ३० लाख ६५ हजार सात सय २० को आलु बिक्री गर्दै सम्पन्न भएको हो। महोत्सवस्थलबाट कुल ७६ हजार छ सय ४३ किलो आलु बिक्री भएको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए।

images
images

महोत्सवस्थलमा आलु बिक्रीका लागि पहाड निर्माण गरिएको थियो। प्रतिकिलो ४० रूपैयाँका दरले आलु बिक्री गरिएको थियो। कुल तीन हजार चार सय ४५ घरपरिवारले आलु खरिद गरी लगेको तिमिल्सिनाले बताए।

images
images
images

कास्की, गोरखा, म्याग्दी, मुस्ताङ, स्याङ्जा, चितवन, बुटबल, बागलुङ, तनहुँलगायत काठमाडौंबाट समेत मानिसहरू आलु खरिद गर्न आएको बताइन्छ। प्रतिघरपरिवारले न्यूनतम पाँच किलोदेखि अधिकतम तीन सय किलो आलु खरिद गरेका हुन्। हेमजामा फलेको आलु स्वादिलो, छिटो पाक्ने तथा स्वस्थकर मानिने भएकाले उपभोक्ताको आकर्षण बढ्ने गर्दछ।

यसैगरी महोत्सवभर आलुलगायत अन्य सामग्रीसमेत गरी तीन करोड ७० लाख रूपैयाँको कारोबार भएको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए। महोत्सव समापनका अवसरमा अग्रज कृषकलाई सम्मान गरिएको छ। आलुको प्रदर्शनीमा उत्कृष्टता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बानियाँ, हरिमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सिनालाई नगदसहित सम्मान गरिएको हो।

महोत्सवको आकर्षणका रूपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटविरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनीलगायत रहेका थिए। 

‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा महोत्सव गरिएको हो।

कास्कीमा एक हजार दुई सय ५३ हेक्टर जमिनमा आलुखेती गरिन्छ। त्यसबाट वार्षिक २१ हजार पाँच सय १० टन उत्पादन हुँदा हेमजामा पाँच सय हेक्टर क्षेत्रफल जनिमा आलुखेती गर्ने गरिएकामा पाँच हजार टन उत्पादन हुने गरेको छ।

हेमजामा एमएस २२, जनकदेव, खुमलटार रातोलगायतका आलुखेती गरिन्छ। यहाँका पाँच सय ४० घरपरिवार किसान व्यावसायिक रूपमा आलुखेतीमा आबद्ध छन्। रासस


प्रकाशित : बिहीबार , वैशाख ६ २०८११२:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend