मंगलबार, जेठ १ गते २०८१    
images
images

शंखमुलमा खुल्यो झिर रेस्टुरेण्ट

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २४ २०७८
images
images
शंखमुलमा खुल्यो झिर रेस्टुरेण्ट
images
images

काठमाडौं-सेकुवा पारखीहरूलाई मौलिक नेपाली स्वाद पस्कने उद्देश्यका साथ शङ्खमुल कोरिडोरमा झिर रेस्टुरेण्ट सञ्चालनमा आएको छ ।

images
images
images

विश्वचर्चित चेन रेस्टुरेण्ट न्यान्डोजमा पाँच वर्ष र नेपालको प्रख्यात चेन रेस्टुरेण्ट बाजेको सेकुवामा पाँच वर्षको अनुभव बटुलेका सञ्जीव तिमिल्सनाले उक्त रेस्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् । बुधबारदेखि सञ्चालनमा आएको उक्त रेस्टुरेण्टमा ग्राहकले स्वाद, स्वास्थ्य र स्तरीय पद्धतिको अनुभव गर्न पाउने सञ्चालक तिमिल्सिनाले बताए ।

images

उनकाअनुसार झिरमा ग्राहकहरूले विशेष गरी मटन, चिकेन तथा पोर्कको पोलेको मासुका परिकारहरूको मज्जा लिन सक्नेछन् । यस्ता परिकारहरू प्रतिप्लेटका साथसाथै प्रतिहाफ केजी, प्रतिकेजीमा पनि उपलब्ध हुनेछ । रेस्टुरेण्टमा पेय पदार्थहरू पनि एमआरपी मूल्यमा बिक्री गरिने रेस्टुरेण्टले जनाएको छ ।

images
images

थोरै लगानी, स्तरीय पद्धति, स्वदेश तथा विदेशको अनुभवका साथ स्थापना भएको झिरले फ्रेन्चाइज मोडेलको पनि सम्भावना बोकेको सञ्चालक तिमिल्सिनाले जानकारी दिए ।

images
images

images

प्रकाशित : बिहीबार , भदौ २४ २०७८०९:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend