सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

काभ्रेको तालढुंगालाई बागमती प्रदेशको नमुना सहर बनाइँदै

images
बिहीबार , वैशाख ६ २०८१
images
images
काभ्रेको तालढुंगालाई बागमती प्रदेशको नमुना सहर बनाइँदै

पहिलो चरणमा चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट बजार क्षेत्र र आसपासका सडकलाई पक्की बनाउन थालिएको छ।

images
images

काभ्रेपलाञ्चोक- विकट क्षेत्रमा सूचीकृत काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-५ स्थित तालढुंगालाई बागमती प्रदेशको नमुना सहर बनाउन सुरु गरिएको छ।

images
images

पहिलो चरणमा चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट बजार क्षेत्र र आसपासका सडकलाई पक्की बनाउन थालिएको छ।

images
images

हाल गाउँपालिकाको केन्द्रका रुपमा रहेको तालढुंगा बजारलाई प्रदेशभित्रको नमुना तथा उदयीमान सहरका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयमार्फत चालु आवमा दुई करोड रूपैयाँ विनियोजन गरेको थियो। उक्त बजेटबाट कार्यालयमार्फत नै बोलपत्र आह्वान गरी बजारको बाटो ढलान तथा विभिन्न स्थानमा आवश्यकताअनुसार ‘ड्रेनवाल’निर्माण भइरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए।

images
images
images

तालढुंगालाई नमुना सहर बनाउने उद्देश्यस्वरुप काम सुरु भइसकेको उल्लेख गर्दै उनले हाल एक प्रविधिक समूहले ‘ल्याण्ड पुलिङ’को काम गरिरहेको जानकारी दिए।

अध्यक्ष थिङका अनुसार ‘ल्याण्ड पुलिङ’को प्रतिवेदनअनुसार आगामी आवमा प्रदेश सरकारले तालढुंगालाई सहरीकरणका लागि थप बजेट विनियोजन गर्नेछ। उनले तालढुंगालाई कुन ‘मोडल’मा सहरीकरणमा लैजाने विषयमा थप छलफलसमेत भइरहेको बताए।

बागमती प्रदेश सरकारले गाउँपालिकाबाट हुने बसाइँसराइ रोक्ने तथा पालिकाभित्रको नजिक एवं सर्वसुलभ बजारको रुपमा विकास गर्ने लक्ष्यका साथ तालढुंगालाई नमुना उदयीमान सहरको अवधारणा अघि सारेर काम सुरु गरिएको जनाइएको छ। 

बिपी राजमार्ग र मदन भण्डारी राजमार्ग तथा निर्माणको योजना बनेको जनमुक्ति मार्ग जोड्ने सडक सञ्जालमा गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र तालढुंगा सहर जोडिएको छ। रासस


प्रकाशित : बिहीबार , वैशाख ६ २०८१११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend