बुधबार, माघ ३० गते २०८१    
बुधबार, माघ ३० २०८१
images
images

तोलामा ६ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

images
बिहीबार , वैशाख ६ २०८१
images
images
तोलामा ६ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले घट्दा चाँदी भने प्रतितोला १० रूपैयाँले महँगिएको छ।

images
images

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। लगातार बढेर रेकर्ड कायम गरिरहेको सुनको मूल्य बिहीबार प्रतितोला ६ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images
images

महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार ६ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ९ सय ५० रूपैयाँ कायम छ।

images
images

यो साता मंगलबार तोलामा १७ सय रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य बुधबार भने स्थिर रहेको थियो।

images
images
images

मंगलबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार दुईसय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार एकैदिन प्रतितोला २२ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार भने प्रतितोला ७ सय रूपैयाँले बढेको थियो।

चाँदी भने आज तोलामा १० रूपैयाँले बढेर प्रतितोला एक हजार ७ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार ५० रूपैयाँले घटेर सोमबार १५ रूपैयाँले बढेको चाँदीको मूल्य मंगलबार पनि तोलामा ३५ रूपैयाँले बढेको थियो। बुधबार भने चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले घटेको थियो। 


प्रकाशित : बिहीबार , वैशाख ६ २०८१११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend