शनिबार, साउन १२ गते २०८१    
images
images
images

नेपालमै एसेम्बल हुन थाल्यो हिरोका मोटरसाइकल तथा स्कुटर, बैशाख ९ गते बिक्रीको घोषणा गर्दै सीजी मोटर

सार्वजनिक गर्न हिरोका ग्लोबल बिजनेस हेड सञ्जय भान आउँदै

images
बिहीबार , वैशाख ६ २०८१
images
images
नेपालमै एसेम्बल हुन थाल्यो हिरोका मोटरसाइकल तथा स्कुटर, बैशाख ९ गते बिक्रीको घोषणा गर्दै सीजी मोटर

सीजी मोटरले नक्सालमा हिरोको फ्ल्यागसिप शोरुमसमेत बनाइरहेको छ। मोटरसाइकल सार्वजनिक गर्दा उक्त शोरुमसमेत तयार भएर सञ्चालनमा आइसक्ने कम्पनीले जनाएको छ।

images

काठमाडौं- एक वर्षदेखि अर्गेल्याईँमा परेको हिरो मोटोकर्पका उत्पादन अब भने नेपाली उपभोक्ताले किन्न पाउने भएका छन्। चौधरी समूहअन्तर्गको सीजी मोटर आधिकारिक बिक्रेता नियुक्त भएसँगै नेपालमै हिरोका मोटरसाइकल तथा स्कुटर एसेम्बल गरेर औपचारिक रुपमा बिक्री सुरु गर्न लागेको हो। 

images
images

बैशाख २ गते सीजी मोटरले पूजाआजासहित एसेम्ब्ली लाइनको औपचारिक सुरुवात गरेको थियो। २०२४ अप्रिलदेखि लागु हुनेगरी हिरो मोटोकर्प इन्डियाले सीजी मोटरलाई आधिकारिक बिक्रेता नियुक्त गरेको थियो। आधिकारिक बिक्रेता नियुक्त भएलगत्तै सीजी मोटरले नेपालमै मोटरसाइकल एसेम्बल गरेर बिक्री सुरु गर्ने घोषणा गरेको थियो। 

images

सीजी मोटरले नक्सालमा हिरोको फ्ल्यागसिप शोरुम समेत बनाइरहेको छ। मोटरसाइकल सार्वजनिक गर्दा उक्त शोरुमसमेत तयार भएर सञ्चालनमा आइसक्ने कम्पनीले जनाएको छ। 

हिरो मोटोपर्कले एक वर्षभन्दा लामो समयदेखि विवादमा रुमल्लिएर अल्झिएको नेपाल व्यापारलाई प्राथमिकताका साथ रिब्रान्डिङको तयारी गरेको छ। काठमाडौंमा विशेष कार्यक्रम गरेर बिक्री सुरुको घोषणा गर्न लागिएकाले सो कार्यक्रममा हिरो मोटोकर्पका ग्लोबल बिजनेस हेड नै नेपाल आएका छन्। हिरो मोटोकर्पका ग्लोबल बिजनेस हेड सञ्जय भान नै कार्यक्रममा सहभागी हुँदै छन्। 

images

सीजी मोटरले सुरुवातमा हिरोका चार मोडल नेपालमा एसेम्बल सुरु गरेको हो। हिरोको सबैभन्दा धेरै बिक्री हुने सुपर स्प्लेन्डर १ सय र १ सय १० सीसी इन्जिन क्षमताका र एक्सपल्स मोटरसाइकल र जुम स्कुटर एसेम्बल गरेर बिक्रीमा ल्याउँदै छ। स्प्लेन्डर र एक्सपल्स यसअघि पनि नेपाली बजारमा बिक्री हुँदै आएको थियो भने जुम स्कुटर पहिलोपटक सार्वजनिक हुन लागेको हो। 

आकर्षक डिजाइनसहित आएको हिरोको जुम स्कुटरबाट सीजी मोटरले ठूलै अपेक्षा राखेको छ। नेपालमा पछिल्लो समय स्कुटरको बिक्री उल्लेख्य रुपमा बढेको र स्पोर्टी लुक्सको भएकाले उक्त स्कुटरबाट कम्पनीले बिक्री संख्या बढ्ने अपेक्षा राखेको हो।

कामकाजी र धेरै माइलेज खोज्नेहरू माझ हिरोको सुपर स्प्लेन्डर लोकप्रिय रहेको छ। सीजी मोटरले नेपालमै एसेम्बल गरेको सुपर स्प्लेन्डरको सुरुवाती मूल्य २ लाख ४० हजार ९ सय रुपैयाँ हुनेछ। 

त्यस्तै नयाँ मूल्य सूचीअनुसार हिरो एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ५० हजार ९ सय रुपैयाँ तय गरेको छ। यसअघि एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ५२ हजार ५ सय रुपैयाँमा बिक्री भइरहेको थियो। यही मूल्यमा सार्वजनिक भएमा आयात गएर बिक्री हुँदाको तुलनामा एक्सपल्स २०० फोर भी नेपालमै एसेम्बल गरेर बिक्री गर्दै थोरै मूल्य कम हुनेछ।

सीजी मोटरले जुम स्कुटरको सुरुवाती २ लाख ४९ हजार ९ सय रुपैयाँ बिक्री मूल्य तय गरेको छ। यो स्कुटर दुई भेरियन्टमा उपलब्ध हुनेछ। 

वितगमा ज्योति समूहअन्तर्गतको नेपाल जनरल मार्केटिङ (एनजीएम)ले हिरोका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको थियो।

प्रिन्सिफ कम्पनीसँग दुरी बढ्दै गएपछि आधिकारिक बिक्रेता विवाद भएको थियो। अदालतसम्म पुगेर र एनजीएमसँगको डिलरसिप अवधि सकिएपछि औपचारिक रुपमा चौधरी समूहअन्तर्गतको सीजी मोटर प्रालि नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त भएको थियो। 


प्रकाशित : बिहीबार , वैशाख ६ २०८११०:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend