मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

अमेरिकामा विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त अर्थमन्त्री पुन, लगानी सम्मेलनमा सहभागी हुन आग्रह

images
बुधबार, वैशाख ५ २०८१
images
images
अमेरिकामा विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त अर्थमन्त्री पुन, लगानी सम्मेलनमा सहभागी हुन आग्रह

अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनमा सहभागी भइ लगानीका अवसरहरु पहिचान गर्न अमेरिकी लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।

images
images

वासिङटन डिसी- अर्थमन्त्री वर्षमान पुनले नेपालमा यसै महिना हुन लागेको लगानी सम्मेलनमा सहभागी भइ लगानीका अवसरहरु पहिचान गर्न अमेरिकी लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।

images
images

हाल अमेरिकामा रहेका अर्थमन्त्री पुनले अमेरिकी च्याम्बर अफ कमर्सद्वारा वासिङटन डिसीमा आयोजना गरेको राउण्ड टेबल छलफलमा सो आग्रह गरेका हुन्।

images
images

कार्यक्रममा अमेरिकी सहयोग नियोगकी उपसहायक प्रशासक अञ्नली कौर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, अमेरिकी च्याम्वर अफ कमर्सको दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल कश्यपलगायतले नेपालको उक्त लगानी सम्मेलनको बारेमा धारणा राखेका थिए।

images
images
images

सो कार्यक्रममा नेपालमा लगानी गरिरहेका अमेरिकी कम्पनीहरुको समेत सहभागिता रहेको थियो। नेपालमा वैदेशिक लगानी भित्र्याउने अभिप्रायले गर्न लागिएको तेस्रो लगानी सम्मेलन यही बैशाख १६ र १७ गते हुँदैछ।

यसैबीच अर्थमन्त्री पुनले विश्व बैंकका उपाध्यक्षहरु अकिहितो निशीओ र गुन्जे चेनसँग भेटघाट गरेका छन्। चेनसँगको भेटघाटमा मन्त्री पुनले उपल्लो अरुण जलविद्युत् आयोजनाका लागि बैंकको लगानीसम्बन्धी विषयमा छलफल गरेका थिए।

यसैगरी अर्थमन्त्री पुनले अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीसँग भेट गरी अर्को चरणको निगमको लगानीमा विस्तार गर्नेबारेमा समेत छलफल गरेका थिए।

निगमले नेपालमा साना व्यवसायको वित्तीय साधन पहुँचका लागि महिलाहरुले सञ्चालन गरेका फर्म तथा पर्यावरणमैत्री आयोजनाका लागि ग्लोबल आईएमई बैंकमार्फत पाँच करोड ६० लाख डलर बराबरको लगानी गरेको छ। रासस


प्रकाशित : बुधबार, वैशाख ५ २०८११८:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend