बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

तेस्रो लगानी सम्मेलन : १३ सय ५५ जनालाई निम्ता, अहिलेसम्म ४ सय ६२ लगानीकर्ताले गरे आउने पक्का

भारत र चीनबाट १२१ लगानीकर्ता आउँदै

बिहीबार , वैशाख ६ २०८१
तेस्रो लगानी सम्मेलन : १३ सय ५५ जनालाई निम्ता, अहिलेसम्म ४ सय ६२ लगानीकर्ताले गरे आउने पक्का

सम्मेलनमा सहभागिताका लागि लगानी बोर्डले विश्वका १७ ठूला धनाढ्यलाई निम्ता पठाएको थियो। बोर्डले भारत, चीनसहितका धनाढ्याहरूलाई आफै निम्ता पठाएको भएपनि कुनै धनाढ्यले पनि आउने/नआउने विषयमा सूचना दिएका छैनन्।

काठमाडौं- बैशाख १६ र १७ गते काठमाडौंमा हुन लागेको तेस्रो लगानी सम्मेलनमा बुधबार बेलुकासम्म ४ सय ६२ लगानीकर्ताले सहभागिता पक्का गरेका छन्। लगानी बोर्डले १ हजार ३ सय ५५ जनालाई निम्ता पठाएको थियो।

बुधबारसम्म तीन दर्जन देशका ४ सय ६२ जनाले आउने निश्चित गरेको बोर्डले जनाएको छ। जसमा भारत र चीनबाट मात्रै ५४ जनाभन्दा बढी लगानीकर्ता सहभागी हुने भएका छन्। अझै पनि लगानीकर्ता थपिने क्रम जारी रहेको बोर्डले जनाएको छ।

नेपालका १ सय ६१ जना लगानीकर्ताले सहभागिता जनाउँदैछन्। चीनबाट ६४, भारतबाट ५७, जर्मनीबाट १२, बेलातयबाट ११, अमेरिकाबाट १० र बंगलादेशबाट १० लगानीकर्ता सम्मेलनमा सहभागि हुँदै छन्।

यूएईबाट ८, जापानबाट ८, दक्षिण कोरियाबाट ७, पाकिस्तानबाट ६, अष्ट्रेलियाबाट ६, सिंगापुरबाट ४, मलेसियाबाट ४, रसियाबाट ३, फिनल्यान्डबाट ३, कोलम्बियाबाट ३ र क्यानडबाट पनि ३ जनाले अहिलेसम्म आउने पक्का गरेका छन्।

कतारबाट २, ईयूबाट २, बेल्जियमबाट २, बहराइनबाट २, अष्ट्रियाबाट २, भियतनामबाट १, भानुआटुबाट १, टर्कीबाट १, थाइल्यान्डबाट १, स्वीट्जरल्यान्डबाट १, श्रीलंकाबाट १, साउदी अरेबियाबाट १, रोमानियाबाट १, मोरोक्कोबाट १, मौरिससबाट १, मौरितानियाबाट १ र साइप्रसबाट १ जना लगानीकर्ताले अहिलेसम्म आउने निश्चित गरेका छन्। 

सम्मेलनमा सहभागिताका लागि लगानी बोर्डले विश्वका १७ ठूला धनाढ्यलाई निम्ता पठाएको थियो। बोर्डले भारत, चीनसहितका धनाढ्याहरूलाई आफै निम्ता पठाएको भएपनि कुनै धनाढ्यले पनि आउने/नआउने विषयमा सूचना दिएका छैनन्।   

लगानी बोर्डले सम्मेलनका लागि एलन मस्कदेखि भारतको रिलायन्स समूहका अध्यक्ष मुकेश अम्बानी, भारतकै अडानी समूहका अध्यक्ष गौतम अडानी, फेसबुकका संस्थापक मार्क जुकरबर्ग, अलिबाबा संस्थापक ज्याक मासम्मलाई पहिलो चरणमै निम्तो पठाएको थियो। 


प्रकाशित : बिहीबार , वैशाख ६ २०८१०५:४७
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend