आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

स्ट्रबेरीखेती विस्तारमा काभ्रेका मुक्ति, प्रत्येक वर्ष बढ्दैछ मुनाफा

images
बुधबार, वैशाख ५ २०८१
images
स्ट्रबेरीखेती विस्तारमा काभ्रेका मुक्ति, प्रत्येक वर्ष बढ्दैछ मुनाफा

'सरकारले पौरखी किसानलाई सहुलियत ऋण दिए व्यावसायिक कृषि उत्पादनमा लाग्नेको सङ्ख्या बढ्न सक्छ। युवा विदेशिने क्रम पनि घट्ला कि!'

images
images

काभ्रेपलाञ्चोक- बनेपा नगरपालिका-१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु गरेको व्यावसायिक स्ट्रबेरीखेती विस्तार गर्दै लगेका छन्। कोरोना महामारीका समयमा धेरैले रोजगारी गुमाइरहेका बेला उनले स्ट्रबेरी खेती सुरु गरेका थिए।

images
images
images

उक्त काममा कत्ति पनि विचलित नभइ निरन्तरको मेहनतले उनले व्यवसायको दायरा बढाउँदै लगिरहेका छन्। दैनिक हजाराैँ युवा रोजगारीका लागि विदेश पलायन भइरहँदा विष्टको स्ट्रबरी खेती उदाहरणीय बन्ने गरेको छ। अहिले विष्टले यही खेतीबाट नाम र दाम पनि कमाउँदै आएका छन्। आफ्नै माटोमा बगाएको पसिनाले प्रत्येक वर्ष मुनाफा बढाइरहेको उनले बताए।

images
images

विष्टले आफ्नो १० रोपनी जग्गामा स्ट्रबेरी रोपेर युवालाई स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सन्देश दिने अभियानमा लागेको बताए। ४२ वर्षीय विष्टले स्ट्रबेरी रोप्ने सीप सिकेर व्यवसाय थालेका होइनन्। अरुले रोपेको देखेर र भनेको सुनेको भरमा काम थालेको उनको भनाइ छ।

images
images

गतवर्ष स्ट्रबेरी बेचर सबै खर्च काट्दा पनि ४० लाख रूपैयाँ मुनाफा भएको विष्टले जानकारी दिए। उनले यसवर्ष ५० हजार केजी उत्पादन गर्ने लक्ष्य लिएको भन्दै यसबाट गत वर्षभन्दा बढी आम्दानी हुने बताए।

उनले स्ट्रबेरी खेतीका लागि बनेपा र ककनीमा गरी एक लाख बिरुवा रोपेका छन्। विष्टले भने, 'बिरुवा र उत्पादनका लागि अब बजारको समस्या छैन, आफै बिरुवा उत्पादन गर्न थालेको छु।' उनले चितवन, नवलपरासी र बारामा स्ट्रबेरी खेतीका लागि अध्ययन भइरहेको भन्दै गत वर्ष ४० हजार बिरुवा उत्पादन गरी केही बिक्री गरेको जानकारी दिए।

दुई महिनामा हुर्केको स्टेबरीले उत्पादन दिन थाल्छ। हाल स्ट्रबेरीको बजारमा प्रतिकेजी तीन सयदेखि सात सय रूपैयाँसम्ममा बिक्री हुने गरेको विष्टले बताए। बनेपा र आसपासका किसानले खेतमै आएर हेर्ने र किनेर लैजाने गर्न थालेका उनको भनाइ छ।

'आजभोलि दैनिक बेरी खेती हेर्न आउने क्रम बढ्दैछ। उहाँहरु आएर हेर्नुहुन्छ अनि फर्किँदा किनेर लैजानुहुन्छ। बजारको भन्दा यहाँ केही सस्तो पर्ने भएकाले पनि उहाँहरुले लैजाने गर्नुभएको छ', विष्टले भने। उनका अनुसार उत्पादित स्ट्रबेरी जिल्लाको मुख्य बजार बनेपालगायत धुलिखेल, पाँचखाल र पनौती तथा काठमाडौं, पोखरा तथा चितवनसम्म जाने गरेको छ।

उनले भने, 'देशका प्रमुख सहरमा मेरा उत्पादन पुर्‍याउने लक्ष्य लिएको छु, स्ट्रबेरीका बिरुवा छिमेकी जिल्ला भक्तपुर, सिन्धुपाल्चोक र सिन्धुलीबाट माग हुन थालेको छ। त्यसमा पनि विशेष ध्यान दिइरहेको छु।' प्रतिबिरुवा २५ रूपैयाँदेखि ३० रूपैयाँसम्ममा बिक्री हुने गरेको विष्टले जानकारी दिए।

करिब ४० लाख रूपैयाँ लगानीबाट थालिएको व्यवसायमा अहिले उनको दुई करोड रूपैयाँ लगानी पनि थपिएको छ। अमर भूमण्डलीय बहुउद्देश्यीय कृषि फर्म दर्ता गरी नयाँनयाँ काम सुरु गरिएकाले लगानीमा पनि वृद्धि हुँदै गएको हो।

'सुरुवातका बेला कृषि तथा अन्य उत्पादनमा लाग्ने क्रममा केही घाटा व्यहोर्नुपर्‍यो, अहिले त्यस्तो छैन', विष्टले भने। उत्पादनका लागि रासायनिक मलको अभावले कठिनाइ भएको उनले अनुभव सुनाए।

विष्टको व्यवसायमा अहिले स्ट्रबेरी मात्र छैन, करिब दुईसय बोट ड्रागन फ्रुट पनि उत्पादन हुने क्रममा रहेका छन्। परीक्षणका रुपमा रोपिएका ड्रागन फ्रुटको उत्पादनलाई हेरेर व्यवसायिकता दिने सोचमा उनी छन्। फार्ममा स्थानीयवासीले रोजगारी पाएका छन्। तीन जनालाई नियमित तथा दैनिक आवश्यकता अनुसार कामदार लगाउने गरेको विष्टको भनाइ छ।

हाल मुक्तिको व्यवसायमा कुखुरापालन र बाख्रापालन पनि देख्न सकिन्छ। उनको फार्ममा पाँच सयदेखि एक हजारसम्म कडकनाथ जातका काला कुखुरा छन्। जसबाट उत्पादन भइरहेको अण्डा र मासु बिक्री भइरहेको छ।

व्यवसायका लागि विष्टले वित्तीय संस्थाबाट ऋण लिएको बताए। 'अहिलेसम्म सरकारी अनुदानमा ऋण पाएको छैन, प्रयास गर्दैछु। सरकारले पौरखी किसानलाई सहुलियत ऋण दिए व्यावसायिक कृषि उत्पादनमा लाग्नेको सङ्ख्या बढ्नसक्छ र युवा विदेशिने क्रम घट्ला कि!', उनले भने।


प्रकाशित : बुधबार, वैशाख ५ २०८११४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend