सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनको मूल्य उच्च बिन्दुमै स्थिर, चाँदीको घट्यो

बुधबार, वैशाख ५ २०८१
सुनको मूल्य उच्च बिन्दुमै स्थिर, चाँदीको घट्यो

बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले घटेको छ।

काठमाडौं- नेपाली बजारमा पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य बुधबार स्थिर रहेको छ।

यो साता मंगलबार तोलामा १७ सय रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य बुधबार भने स्थिर रहेको हो।

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार दुईसय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० रूपैयाँ तोकिएको छ। सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

यो साता आइतबार एकैदिन प्रतितोला २२ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ७ सय रूपैयाँले बढेको थियो।

चाँदीको मूल्य भने आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी आज तोलामा ३५ रूपैयाँले घटेर प्रतितोला एक हजार सातसय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार ५० रूपैयाँले घटेर सोमबार १५ रूपैयाँले बढेको चाँदीको मूल्य मंगलबार पनि तोलामा ३५ रूपैयाँले बढेको थियो।


प्रकाशित : बुधबार, वैशाख ५ २०८१११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend