काठमाडौं- पोखरा फाइनान्सले गत वर्षको नाफाबाट ८.५ प्रतिशत लाभांश घोषणा गरेको छ।
फाइनान्स सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ८.०७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२५ प्रतिशत नगद गरी कुल ८.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।