शनिबार, साउन १२ गते २०८१    
images
images
images

वर्षौंदेखि नाका खोल्न अनुदार चीनले नेपाललाई पठायो ७ नाका खुला गर्ने प्रस्ताव

images
बुधबार, वैशाख ५ २०८१
images
images
वर्षौंदेखि नाका खोल्न अनुदार चीनले नेपाललाई पठायो ७ नाका खुला गर्ने प्रस्ताव

चीनसँग जोडिएको नेपालको विभिन्न १४ नाकामध्ये ७ नाका खोल्न चीन तयार देखिएको छ।

images

काठमाडौं- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएकै समयमा १४ नाका खोल्न तयार भएको चीन वर्षौंसम्म तातोपानी नाकासमेत बन्द गरेको बसेको थियो। चीनले गत भदौमा ८ वर्ष ५ महिनापछि मात्रै पूर्णरुपमा नाका खोलेको थियो। 

images
images

नेपालका लागि सबैभन्दा सहज नाका तातोपानी बन्द हुँदा सयौँ व्यवसायीमात्रै होइन नेपाल आउने चिनियाँ पर्यटक नै मारमा परे।

images

यता मानसरोवर जाने भारतीय पर्यटकबाट लिन पाउने लाभबाट नेपालका पर्यटन व्यवसायी वर्षौंसम्म मारमा परे।

कोभिड-१९ सुरु हुनुअघि रसुवागढी-केरुङ (ग्याइरोङ) काउन्टी; तातोपानी (सिन्धुपाल्चोक)-झाङ्मु काउन्टी; हिल्सा (हुम्ला)-बुराङ काउन्टी; लो मान्थाङ (कोरला), मुस्ताङ-जोङ्बा काउन्टी; किमाथांका (संखुवासभा)-झेन्टाङ, डिङग्ने काउन्टी र ओलाङचुङगोला, ताप्लेजुङ-रिवा काउन्टी, गोरखा लार्के, मुगु (नाग्चा), लामाबगर सहितका सीमानाका व्यापारिक मार्गका रुपमा खुल्ने गरेका थिए।

images

त्यसैगरी डोल्पाको मरिम र क्याटो नाका पनि वर्षमा १५ दिनलाई चीनले खुलाउने गरेको थियो। तर कोभिडपछि बन्द भएयता अहिलेसम्म यी नाका खुला गरेको छैन। जसका कारण हिमाली क्षेत्रका नागरिकले सास्ती व्यहोर्नु परेको छ। 

दुई देशबीच १४ सय १४ किलोमिटर लामो सीमारेखामा अहिले १४ वटा नाका खोल्ने चीन र नेपाल पक्षबीच सहमति भएता पनि दुई देशबीचको द्विपक्षीय व्यापार भने दुईवटा नाकाबाट मात्रै हुने गरेको छ। रसुवा र तातोपानी नाकामात्रै अहिले सञ्चालनमा छन्। अन्य नाकाहरु बन्द अवस्थामा रहेका छन्। 

नयाँ गठबन्धन बनेपछि भने चिनियाँ सक्रियता अस्वभाविकरुपमा बढेको छ। केही दिन अगाडि भने ७ नाका खोल्न तयार भएको पत्र चीनले नेपालको परराष्ट्र मन्त्रालयलाई पठाएको छ।

चीनसँग नेपालका खासगरी १४ नाका जोडिएका छन्। ती १४ नाकामध्ये ७ नाका खोल्न तयार भएको पत्र परराष्ट्र मन्त्रालयमा पठाएको हो। 

गत असोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जाँदा चिनियाँ पक्षले १४ वटै नाका खोल्ने सहमति जनाएका थिए। भ्रमणको ६ महिनापछि बल्ल ७ वटा नाका खोल्न तयार भएको पत्र परराष्ट्र मन्त्रालयमा पठाइएको हो। विगतमा राजनीतिक ध्रुवीकरणमा चीनले नेपाल नीति परिवर्तन गरेका कारण नाका खोल्न असहमति जनाउँदै आएको थियो। 

केही समययता भने चीनले तातोपानी, केरुङ, कोरला र हिल्सा नाका खुला गरेको छ। नयाँ सरकार बनेसँगै परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणको समयमा पुनः नाका खोल्ने सहमति भएको थियो। सोही सहमतिअनुसार चिनियाँ विदेश मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको हो।  

चीनले झोङ्बा र डोल्पाको मेयोङ नाका,  झोङ्बा र मुगुको यासिमा नाका, जिरोङ र गोरखाको झोङ्गा नाका र गोङ्डाङ नाका, न्यालामु र दोलखाको झासिगांग नाका, डिङ्जे र ताप्लेजुङको रिवु नाका तथा पुलान नाका र बझाङको बोलिना नाका खोल्न तयार भएको पत्र पठाएको हो। 

तातोपानी नै ८ वर्ष रोकेको चीनले थप नाका खोल्नेमा आशंका

चीनले पत्र पठाएपछि अब कहिलेबाट प्रक्रिया अगाडि बढ्छ भन्नेमा परराष्ट्र मन्त्रालयका अधिकारीहरू नै अनभिज्ञ छन्।

चीनले भूकम्पपछि बन्द गरेको तातोपानी नाका ८ वर्ष पाँच महिनापछि सर्वसाधारणका लागि खोलेको थियो। गत भदौदेखि तातोपानी नाका खुलेसँगै सामान आउने र जाने क्रम बढ्दै गएको छ भने चिनियाँ पर्यटकको संख्या पनि बढ्दो देखिएको छ। 

यसअघि १५ जेठ २०७६ मा आयात र २०८० बैशाख १८ देखि यो नाकाबाट निर्यात खुला भएको थियो। भूकम्प र बाढीपहिरोले सीमा पुग्ने कोदारी राजमार्ग जीर्ण भएको भन्दै नाका नै बन्द गरिएको थियो।


प्रकाशित : बुधबार, वैशाख ५ २०८१०७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend