शनिबार, साउन १२ गते २०८१    
images
images
images

एमएडब्लू ग्रुपअन्तर्गतको वाणिज्य विकासले ल्यायो लिपमोटरको विद्युतीय कार 'टी ०३'

मूल्य २४ लाख ९९ हजारबाट सुरु, कहिले आइपुग्छ काठमाडौं?

images
बुधबार, वैशाख ५ २०८१
images
images
एमएडब्लू ग्रुपअन्तर्गतको वाणिज्य विकासले ल्यायो लिपमोटरको विद्युतीय कार 'टी ०३'

टी-०३ मा ५५ किलोवाट र ८० किलोवाट क्षमताको मोटर पिकपावरमा आउने र यसमा ३६.५ किलोवाट आवरको ब्याट्री  प्याक उपलब्ध छ।

images

काठमाडौं- एमएडब्लू समूह विद्युतीय सवारी बिक्रीमा आक्रामक रुपमा लागेको छ। यो समूहअन्तर्गतको एमएडब्लू वृद्धि अटोकर्पले विभिन्न ब्रान्डका चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइसकेको छ। 

images
images

यस्तैमा एमएडब्लू समूहले नयाँ कम्पनीमार्फत नयाँ ब्रान्ड ल्याउने तय भइसकेको छ। समूहले वाणिज्य विकास प्रालिमार्फत चिनियाँ ब्रान्ड लिपमोटरका विद्युतीय सवारी भित्र्याउन लागेको हो। चिनियाँ विद्युतीय सवारी स्टार्टप लिपमोटरको आधिकारिक बिक्रेता वाणिज्य विकास प्रालि हालै नियुक्त भएको हो। 

images

वाणिज्य विकासले आधिकारिक बिक्रेता नियुक्त भएलगत्तै लिपमोटरले उत्पादन गरेको ह्याचब्याक सेगमेन्टको विद्युतीय कार आयात गर्ने प्रक्रिया सुरु गरिसकेको थियो। हाल कम्पनीले ल्याएको दुई वटा स्याम्पल कार रसुवागढी भन्सार नाकामा आइपुगिसकेको छ। 

कम्पनीले नेपाल ल्याउने लिपमोटरको टी-०३ ह्याचव्याक कारको मूल्यसमेत सार्वजनिक गरिसकेको छ। सुरुमा वाणिज्य विकासले लिपमोटरको टी-०३ दुई फरक मोटर पावरमा ल्याउने छ।  

images

टी-०३ मा ५५ किलोवाट र ८० किलोवाट क्षमताको मोटर पिकपावरमा आउने र यसमा ३६.५ किलोवाट आवरको ब्याट्री  प्याक उपलब्ध छ। पहिलो चरणमा टी-०३ ल्याउने र त्यसपछि क्रमिक रुपमा लिपमोटरका अन्य मोडल नेपाल ल्याउने योजना कम्पनीले बनाएको छ।  

यो कारले एकपटकको फुल चार्जमा ३ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। कम्पनीले केही समयअघि सार्वजनिक गरेको मूल्यअनुसार लिपमोटर टी-०३ को मूल्य २४ लाख ९९ हजारदेखि २७ लाख ९९ हजार रुपैयाँसम्म हुनेछ। 

झेजियाङ लिपमोटर टेक्नोलोजी कम्पनी लिमिटेडअन्तर्गतको लिपमोटर २०१५ मा स्थाापना भएको थियो। चिनियाँ स्टार्टप कम्पनी लिपमोटरको २१ प्रतिशत सेयर स्टेलेन्टिसले खरिद गरेको छ।

योसँगै चीनभन्दा बाहिर लिपमोटरको उत्पादन तथा बिक्री स्टेलेन्टिसले हेर्ने छ। क्रमिक रुपमा लिपमोटरको ५१ प्रतिशत सेयर स्टेलेन्टिसले खरिद गर्ने सहमति दुई पक्षबीच २०२३ अक्टोबरमा भएको थियो। 

स्टेलेन्टिससँग हाल जिप, आएएएम, प्युजो, सिट्रोन, फियाट, भक्सल, ओपेल, मासेरातीलगायत ब्रान्ड छन्। २०२१ मा फियाट क्राइसलर र फ्रान्सको प्युजो-सिट्रोन मिलेर स्टेलेन्टिस बनेको थियो। त्यही स्टेलेन्टिसले लिपमोटरको २१ प्रतिशत सेयर १ अर्ब ६० करोड अमेरिकी डलरमा किनिसकेको छ भने ५१ प्रतिशत पुग्नबाँकी सेयर क्रमिकरुपमा किन्दै जानेछ। 

स्टेलेन्टिसले यही अप्रिलमा मलेसियामा लिपमोटरका विद्युतीय सवारी उत्पादन गर्ने घोषणा गरिसकेको छ। त्यसलगत्तै वाणिज्य विकास प्रालि नेपालका लागि लिपमोटरको आधिकारिक बिक्रेता नियुक्त भएको थियो। 

पश्चिमा अटो जायन्टहरु विद्युतीय सवारीमा चिनियाँ कम्पनीको तुलनामा कम प्रतिस्पर्धी छन्। सोहीकारण वित्तीय रुपमा अप्ठेरो परेका चिनियाँ कम्पनीहरुमा यस्ता कम्पनीहरुले लगानी गरिरहेका छन्।

केही महिनाअघि जर्मन सवारी उत्पादक फक्सवागनले पनि अर्को चिनियाँ प्रिमियम स्टार्टअप सवारी उत्पादक एक्सपाङको सेयर खरिद गरेको हो। फक्सवागनले रणनीतिक साझेदारको रुपमा एक्सपाङको ४.९९ प्रतिशत सेयर खरिद गरेको थियो। 

एमएडब्लू वृद्धि अटोकर्पले हालै मात्र चाङगनको दीपल ब्रान्डको विद्युतीय कार सार्वजनिक गरेको थियो। त्यस्तै सोही कम्पनीले नामी ब्रान्ड, सेरेस ब्रान्ड तथा फोटोनका विद्युतीय सवारी बिक्री गर्दै आएको छ। 


प्रकाशित : बुधबार, वैशाख ५ २०८१११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend