सोमबार, वैशाख १७ गते २०८१    
images
images

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

images
images
images
पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

'मन्त्री फेरबदल भइरहे पनि नेपालको तर्फबाट पर्यटन आगमनलाई सहज बनाउन भारत सरकारसँग कुराको उठान भइरहेको छ', उनले भने, 'तर भारतीय तर्फबाट सन्तोषजक जवाफ आएको छैन। कूटनीतिक ढंगले समस्या समाधान गर्न सरकार लागेको छ।'

images
images

झापा- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध व्यापारलाई निरुत्साहित गर्न व्यवसायीलाई आग्रह गरेका छन्।

images
images
images

मेचीनगर नगरपालिकाद्वारा सीमा सुरक्षालगायत समसामयिक विषयमा आज आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले खुला सिमानाको फाइदा उठाएर अवैध व्यापार नगर्न आग्रह गरेका हुन्। उनले अवैध व्यापारको बढोत्तरीका कारण राज्यले राजस्व गुमाइरहेको विषयमा चिन्ता प्रकट गरे।

images

उनले नेपालमा उत्पादित कृषिजन्य सामग्रीको बजारीकरणको लागि उद्योग वाणिज्य संघ, अन्य संघसंस्था र जनप्रतिनिधिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले कोभिड महामारीपछि पूर्वी नाकाबाट ठप्प भएको तेस्रो देशको पर्यटक आवागमन खुलाउन नेपाल सरकारसमक्ष अनुरोध गर्ने बताए।

images

'मन्त्री फेरबदल भइरहे पनि नेपालको तर्फबाट पर्यटन आगमनलाई सहज बनाउन भारत सरकारसँग कुराको उठान भइरहेको छ', उनले भने, 'तर भारतीय तर्फबाट सन्तोषजक जवाफ आएको छैन। कूटनीतिक ढंगले समस्या समाधान गर्न सरकार लागेको छ।'

images
images

कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले पूर्वी नाका काँकरभिट्टा हुने कारोबार, पर्यटकलाई सहज नेपाल प्रवेश गराउन गर्नुपर्ने पहल, भन्सारभित्रै अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरीय ल्याब, बंगलादेशका पर्यटकलाई काँकरभिट्टाबाट एराइभल भिसाको व्यवस्थालगायतका १५ बुँदे माग राखेर ध्यानाकर्षण पत्रसमेत सभामुख घिमिरेलाई बुझाएका छन्।

कार्यक्रममा मेची भन्सार प्रमुख रामप्रसाद रेग्मीले आसामबाट पूर्वी नाका भएर आउने कोइला विहार हुँदै अन्य नाकाबाट नेपाल प्रवेश हुँदा यहाँको राजस्व घटेको बताए। उनले बंगलादेशसँगको व्यापार र पर्यटक आगमन बढाउनका लागि पहल गर्न सभामुखसमक्ष आग्रह गरे।

कार्यक्रममा सहकारीकर्मी रामचन्द्र उप्रेती, नगरपालिकाका पूर्वप्रमुख विमल आचार्य, उद्योग वाणिज्य संघका पूर्वकेन्द्रीय सदस्य केशव पाण्डे, कोशी प्रदेशका पूर्वसांसद श्रीप्रसाद मैनाली, सुपारी व्यवसायी नीलकण्ठ तिवारी, मेची उद्योग वाणिज्य संघका महासचिव दिनेश शाक्यलगायतले कोभिडपछि पूर्वी नाकाबाट आउने पर्यटक आगमन रोकिएको, कृषिजन्य वस्तुको निकासीको समस्यालगायतका विषयमा सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए। रासस

images

प्रकाशित : मंगलबार, वैशाख ४ २०८१०६:४६

प्रतिक्रिया दिनुहोस