शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

२५ वर्षपछि नाफामा गएको प्रोग्रेशिभ फाइनान्सको सेयरधनीलाई पहिलोपटक लाभांश

images
शुक्रबार, पुस २ २०७८
images
२५ वर्षपछि नाफामा गएको प्रोग्रेशिभ फाइनान्सको सेयरधनीलाई पहिलोपटक लाभांश
images
images

काठमाडौं- २५ वर्षपछि पहिलो पटक प्रोग्रेशिभ फाइनान्सले सेयर लगानीकर्ताका लागि लाभांश घोषणा गरेको छ। फाइनान्स गत वर्ष स्थापना भएको २५ वर्षपछि नाफामा गएको थियो।

images
images
images

नाफामा गएसँगै फाइनान्सले गतवर्षको नाफबाट ७.३६ प्रतिशत लाभांश घोषणा गरेको हो। फाइनान्सको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत सेयर र ०.३६ प्रतिशत नगद गरी ७.३६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

images
images

नाफामा गएसँगै फाइनन्सले सेयर मूल्य पनि बढेको थियो। पछिल्लो ५२ हप्तामा अधिकता ५७४ रुपैयाँ सेयर मूल्य रहेको फाइनन्सको न्युनतम भने ११६ रुपैयाँ रहेको थियो।

images
images

बिहीबार फाइनन्सको मूल्य ३४६ रुपैयाँमा कारोबार भएको थियो। फाइनान्सले सन् १९९७ देखि कारोबार सुरु गरेको थियो। 


प्रकाशित : शुक्रबार, पुस २ २०७८०७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend