बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

कोरा तथ्यांकको सेवा शुल्क निर्धारण, कसलाई कति?

images
मंगलबार, वैशाख ४ २०८१
images
कोरा तथ्यांकको सेवा शुल्क निर्धारण, कसलाई कति?

बाचा गरिएको प्रयोजनामा प्रयोग गर्ने शर्तमा लिइएको यस्तो तथ्यांकको स्रोत खुलाउनुपर्ने छ।

images
images

काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयबाट उपलब्ध हुने कोरा तथ्यांकको सेवा शुल्क निर्धारण भएको छ। सरकारले तथ्यांक नियमावली २०८० मार्फत सेवाशुल्क निर्धारण गरेको छ।

images
images
images

तथ्यांक ऐन अनुसार कार्यालयले विभिन्न समयमा गर्ने सर्वेक्षण तथा गणनाका कोरा तथ्यांक उपलब्ध गराउँदै आएको छ। अनुसन्धान प्रायोजनका लागि निश्चित व्यक्ति तथा संस्थाको पहिचान खुलेपछि यस्तो तथ्यांक पाइने छ। 

images
images

बाचा गरिएको प्रयोजनामा प्रयोग गर्ने शर्तमा लिइएको यस्तो तथ्यांकको स्रोत खुलाउनुपर्ने छ।

images
images

गणना र सर्वेक्षणको दर फरक तोकिएको छ। गणनाको तथ्यांकको दस्तुर नेपालभित्रका शैक्षिक संस्थाका विद्यार्थीका लागि प्रति गणना ४ हजार, संस्थाका लागि ५ हजार, सरकार निकाय तथा गैरसरकारी संस्थाका लागि ८ हजार र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका लागि ४ सय अमेरिकी डलर निर्धारण गरिएको छ। 

त्यस्तै सर्वेक्षणका लागि भने शैक्षिक संस्थाका विद्यार्थीका लागि २ हजार ५ सय रुपैयाँ, संस्थाका लागि ३ हजार, सरकारी निकायका लागि ५ हजार र विदेशी संस्थाका लागि ३ सय अमेरिकी डलर निर्धारण गरिएको छ।


प्रकाशित : मंगलबार, वैशाख ४ २०८११५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend