शनिबार, साउन १२ गते २०८१    
images
images
images

मुद्दतीको ब्याजदर घटेपछि डिबेन्चरमा लगानीकर्ता आकर्षित, मूल्य र कारोबार दुवै बढ्यो

images
मंगलबार, वैशाख ४ २०८१
images
images
मुद्दतीको ब्याजदर घटेपछि डिबेन्चरमा लगानीकर्ता आकर्षित, मूल्य र कारोबार दुवै बढ्यो

बचतको ब्याजदर घट्न थालेपछि बचतकर्ताहरु ऋणपत्रमा आकर्षित हुन थालेका छन्। मुद्दती निक्षेपमा लगानी गरेर १० देखि १२ प्रतिशतसम्म ब्याजदर पाइरहेका बचतकर्ताहरुका लागि पछिल्लो समय ऋणपत्र भरपर्दो माध्यम बनेको छ।

images

काठमाडौं- जोखिम लिन नचाहने लगानीकर्ताका लागि विगत २ वर्षयता बैंकहरुको मुद्दती निक्षेप लगानीका लागि निकै भरपर्दो माध्यम बनिरहेको थियो। कुनै समय १२/१३ प्रतिशतसम्म पुगेको मुद्दती निक्षेपको ब्याजदर गत कात्तिकयता घटेर ४.५ देखि ८ प्रतिशतको हाराहारीमा आइपुगेको छ।

images
images

३ महिनादेखि १ वर्ष अवधिभन्दा कम अवधिको मुद्दती निक्षेपमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, एनएमबी बैंकलगायतका बैंकहरुले ४.५ प्रतिशतदेखि ५.५ प्रतिशतको बीचमा साधारण मुद्दती निक्षेपको ब्याजदर तोकेका छन्।

images

१ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा वाणिज्य बैंकहरुले ६ प्रतिशतदेखि ८ प्रतिशतको बीचमा रहेर ब्याजदर तोकेका छन्। २ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा मात्रै बैंकहरुले ७ प्रतिशतभन्दा बढी ब्याज दिने सूचना प्रकाशित गरेका छन्। 

बचतको ब्याजदर घट्न थालेपछि बचतकर्ताहरु ऋणपत्रमा आकर्षित हुन थालेका छन्। मुद्दती निक्षेपमा लगानी गरेर १० देखि १२ प्रतिशतसम्म ब्याजदर पाइरहेका बचतकर्ताहरुका लागि पछिल्लो समय ऋणपत्र भरपर्दो माध्यम बनेको छ। कुपन रेट ८.५ प्रतिशतदेखि १२ प्रतिशतसम्म भएका डिम्बेन्चरमा लगानीकर्ताको आकर्षण बढिरहेको छ। 

images

उच्च ब्याज दिने ऋणपत्र अंकित मूल्यभन्दा बढीमा नेप्सेमा खरिद विक्री भइरहेको छ। विशेष गरी बैंकले जारी गरेका ऋणपत्र नेप्सेमा सुचीकृत छन्। मुद्दती निक्षेपको ब्याजदर कम हुँन थालेसँगै डिबेन्चरहरुको मूल्य बढ्न थालेको हो।

बैंकहरुको मुद्दतीको ब्याज बढेको समयमा ऋणपत्रको मूल्य घटेर ७ देखि ८ को बीचमा आएको थियो। कात्तिकपछि बैंकहरुले निरन्तररुपमा ब्याजदर घटाएर शून्य बिन्दुतर्फ झारेसँगै ऋणपत्रको कारोबार र मूल्य दुवै बढेको छ।

ऋणपत्रको कारोबार र मूल्य बैंक मुद्दती निक्षेपको ब्याजसँग नकारात्मक सम्बन्ध हुन्छ। मुद्दती निक्षेपको ब्याजदर बढ्दा ऋणपत्रको माग घट्दा मूल्य पनि घट्छ भने मुद्दती निक्षेपको घट्दा ऋणपत्रमा लगानी बढ्ने भएकाले मूल्य पनि बढ्छ।

नेप्सेमा दर्ता भएका अधिकांश ऋणपत्र १० वर्ष अवधिमा परिपक्व हुने गरी जारी गरिएका छन्। नेपालका बैंकहरुले वर्षको दुई पटकसम्म ऋणपत्रमा ब्याज भुक्तानी गर्छन्। भुक्तानी अवधि जति कम भयो त्यति नै धेरै ऋणपत्रको मूल्य बढी हुन्छ। 

नेपालमा जारी भएका ऋणपत्रको अंकित मूल्य सामान्यतया १ हजार रुपैयाँ कायम गरिएको छ। बैंकहरुले ऋणपत्रलाई निक्षेप गणना र पुँजीकोष गणनामा प्रयोग गर्न पाउँछन्।

राष्ट्र बैंकले सहुलियत दिएर प्रोत्साहन गरेकाले पछिल्लो समय बैंकहरु ऋणपत्रप्रति आकर्षित भएका हुन्। 


प्रकाशित : मंगलबार, वैशाख ४ २०८११४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend