मंगलबार, भदौ २५ गते २०८१    
images
images

सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जयसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

images
मंगलबार, वैशाख ४ २०८१
images
images
सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जयसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ठूलीभेरी नगरपालिका-३ दुनै डोल्पामा खेलकुद मैदान निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट प्राप्त भएको रकम अनियमितता गरेको पाइएको भन्दै अख्तियारले उनीहरुमाथि मुद्दा दायर गरेको हो।

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

images
images
images

ठूलीभेरी नगरपालिका-३ दुनै डोल्पामा खेलकुद मैदान निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट प्राप्त भएको रकम अनियमितता गरेको पाइएको भन्दै अख्तियारले उनीहरुमाथि मुद्दा दायर गरेको हो।

आयोगले सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख आचार्य, सब-इञ्जिनियर मोतीप्रसाद बुढा, उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध नौ लाख ९३ हजार नौ सय ४० रूपैयाँ बराबरको बिगो दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, वैशाख ४ २०८११३:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend