शनिबार, असोज ५ गते २०८१    
images
images

कृषि विकास बैंकका सेयरधनीलाई चार वर्षयताकै उच्च लाभांश प्रस्ताव, बोनस सेयर र नगद कति? 

images
शुक्रबार, पुस २ २०७८
images
images
कृषि विकास बैंकका सेयरधनीलाई चार वर्षयताकै उच्च लाभांश प्रस्ताव, बोनस सेयर र नगद कति? 

कृषि विकास बैंकले सेयरधनीहरूका लागि अहिले बम्पर बोनस घोषणा गरेको छ।

images
images

काठमाडौं- कृषि विकास बैंकले सेयरधनीहरूका लागि अहिले बम्पर बोनस घोषणा गरेको छ। बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

images
images
images

यो चार वर्षयताकै उच्च लाभांश प्रस्ताव गरेको हो। नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयरमा ६ प्रतिशत नगद लाभांश वितरण गर्ने पनि घोषणा गरेको छ।

बैंकको उत्कृष्ट वित्तीय विवरणका कारण लामो समयदेखि बैंकको सेयरमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिँदै आएको छ। प्रायः बुलमा खासै नचम्किने कृषि विकास बैंक तुलनात्मक रुपमा अन्य वाणिज्य बैंकहरू भन्दा राम्रो पोजिसनमा छ।

बजारमा तीव्र उतारचढाव हुँदा पनि बैंकको सेयरमा भने खासै उतारचढाव छैन। यस अवधिमा बैंकको सेयर मूल्य सर्वाधिक ६२० रुपैयाँसम्म पुगेको थियो। विगत ६ महिनाको अवधिमा मात्रै बैंकको ४ अर्ब ९९ करोड रुपैयाँको खरिद बिक्री भएको देखिन्छ। तर सग्रमा हेर्ने हो भने सर्वाधिक कारोबार हुने ५०औँ नम्बरमा रहेको छ।

images

बैंकले आर्थिक वर्ष २०७६\७७ मा १५ प्रतिशत बोनस सेयर दिएको थियो। तर गत आर्थिक वर्ष २०७७\७८ को नाफाबाटबाट लाभांश घोषणा गरेको छैन। बैंकको वितरण योग्य नाफा भने जम्मा १ अर्ब रुपैयाँ मात्रै छ। 

कुन वर्ष कति लाभांश ? 

Baglung shakkhe pahara (1).jpg

 


प्रकाशित : शुक्रबार, पुस २ २०७८०७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend