बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

दैजी-जोगबुढा सडक निर्माण कछुवा गतिमा

images
मंगलबार, वैशाख ४ २०८१
images
दैजी-जोगबुढा सडक निर्माण कछुवा गतिमा

कञ्चनपुरको महेन्द्रनगर, अत्तरिया हुँदै डडेल्धुरा पुग्न एक सय ६५ किलोमिटर दुरी पार गर्नुपर्छ भने महेन्द्रनगरबाट दैजी-जोगबुढा हुँदै त्यहाँ ६५ किलोमिटर पार गरेपछि पुगिन्छ।

images
images

कञ्चनपुर- विसं २०७४ मा ठेक्का सम्झौता भइ सुरु भएको दैजी-जोगबुढा सडकखण्डको काम कछुवा गतिमा अघि बढेको छ।

images
images
images

बेदकोट नगरपालिकाको छेलाबाट १३ किलोमिटर सडक निर्माणमा विलम्ब भएको जिल्लास्थित भौतिक पूर्वाधार विकास कार्यालयले पनि स्वीकार गरेको छ।

images
images

कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दुरीका हिसाबले नजिक पर्ने उक्त खण्ड निर्माण विगत दुई वर्षयता कछुवा गतिमा छ। यहाँस्थित नार्गाजुन कन्स्ट्रक्सनले २१ करोड रूपैयाँमा निर्माणको जिम्मेवारी पाए पनि काम भने कछुवा गतिमा भइरहेको उक्त कार्यालयका प्रमुख योगेन्द्रबहादुर अधिकारीले जानकारी दिए।

images
images

'काम बन्द नै छैन, तर गति भने निकै सुस्त छ', प्रमुख अधिकारीले भने, '१३ किलोमिटरमध्ये चार-पाँच किलोमिटर सडक निर्माण अझै उस्तै छ। केही वर्षअघि सडकसँगै पहिरोले नाली, तारजालीलगायत संरचना भत्काएपछि सडकको यो अवस्था भएको हो।'

उनले सात-आठ किलोमिटर सडक कालोपत्र भए पनि पहिरोले धेरै ठाउँमा क्षति पुर्‍याएको बताए। दैजीबाट कञ्चनपुरको सिमाना पर्ने लिप्नासम्म २१ किलोमिटर सडकखण्डको निर्माणमा सरोकारवाला निकायले चासो नदेखाएको बेदकोट नगरपालिका-३ का स्थानीय बताउँछन्।

बेदकोट नगरपालिका-३ का वडाध्यक्ष मोहनबहादुर गुर्धामीले सडक स्तरोन्नतिका लागि पटक-पटक पालिकास्तरबाट ताकेता हुँदै आएको बताए। 'प्रदेश सरकारको पनि ध्यानाकर्षण गराएका थियौँ', वडाध्यक्ष गुर्धामीले भने, 'काम अघि बढाउँछौँ भनेर ठेकेदारका मान्छे भन्छन् मात्रै, गर्दैनन्।'

कञ्चनपुरको महेन्द्रनगर, अत्तरिया हुँदै डडेल्धुरा पुग्न एक सय ६५ किलोमिटर दुरी पार गर्नुपर्छ भने महेन्द्रनगरबाट दैजी-जोगबुढा हुँदै त्यहाँ ६५ किलोमिटर पार गरेपछि पुगिन्छ। रासस


प्रकाशित : मंगलबार, वैशाख ४ २०८११०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend