बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

सडकमा निर्माण सामग्री छाड्ने र सार्वजनिकस्थल बिगार्नेलाई महानगरले कारबाही गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ४ २०८१
images
सडकमा निर्माण सामग्री छाड्ने र सार्वजनिकस्थल बिगार्नेलाई महानगरले कारबाही गर्ने

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा वातावरण संरक्षण ऐन, २०७६ तथा निर्माणसम्बद्ध कानून र मापदण्डबमोजिम कारबाही हुने महानगरले जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाइ छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ। 

images
images
images

निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री  छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले कारबाहीको कठोर निर्णय लिएको महानगरका उपप्रमुख सुनिता डङ्गोलले बताइन्।

images
images

सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा जुनसुकै प्रकृतिको निर्माणकार्य सुरु गर्नुअघि नै निर्माणकार्य गर्ने व्यक्ति, निजी क्षेत्र, सङ्घसंस्था, कम्पनी, जुनसुकै निकाय वा ठेक्का प्राप्त गर्ने व्यक्तिले अनिवार्य रूपमा महानगरबाट स्वीकृति लिनुपर्ने  उनले बताइन्।

images
images

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा वातावरण संरक्षण ऐन, २०७६ तथा निर्माणसम्बद्ध कानून र मापदण्डबमोजिम कारबाही हुने महानगरले जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ।

'यही वैशाख ५ गतेदेखि तोकिएबमोजिमको काम नगर्नेलाई प्रचलित कानुनी व्यवस्थाअनुसार कडा कारबाही गर्नेछौँ', उपप्रमुख डङ्गोलले भनिन्।  


प्रकाशित : मंगलबार, वैशाख ४ २०८१०९:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend