काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार मूल्य समायोजन गरेको हो।
सोमबार राति १२ बजेपछि लागु हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि भएको निगमले जनाएको छ।
निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १ सय ७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १ सय ६१ रुपैयाँ पर्नेछ।
खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत रहेको छ।