शनिबार, साउन १२ गते २०८१    
images
images
images

सुन्तलाखेती प्रवर्द्धनमा इच्छाकामना, ५० प्रतिशत अनुदानमा बिरुवा

images
सोमबार, वैशाख ३ २०८१
images
images
सुन्तलाखेती प्रवर्द्धनमा इच्छाकामना, ५० प्रतिशत अनुदानमा बिरुवा

यस वर्ष सुन्तला खेतीबाट यहाँ रहेका चारसय ५० भन्दा बढी किसानले १० करोड रूपैयाँ हाराहारीमा आम्दानी गरेका थिए।

images

चितवन- इच्छाकामना गाउँपालिकाले सुन्तलाखेती प्रवर्द्धनमा जोड दिएको छ। सुन्तलाखेती प्रवर्द्धनका लागि कृषकलाई अनुदानलगायतका विभिन्न कामहरु गर्दै आइरहेका छन्।

images
images

गाउँपालिकाले सुन्तलाखेती गर्न प्रोत्साहनका लागि सुन्तला उत्पादक कृषकहरुलाई अनुदानमा बिरुवा, बगैँचा व्यवस्थापनका लागि कृषि सामग्री उपलब्ध गराउँदै आएको छ।

images

साथै प्राविधिकहरु बगैँचामै पुगेर सुन्तलामा देखा परेको समस्याहरु पत्ता लगाइ निराकरणको उपाय खोजी गर्ने, माटो परीक्षण गराउनेलगायतका काम गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए। चालु आर्थिक वर्षमा पनि सुन्तलाको बिरुवा र कृषि सामग्री वितरण गरिने उनको भनाइ छ।

अध्यक्ष गुरुङले भने, 'हामीले सुन्तलाखेती गर्न प्रोत्साहनका लागि कृषकहरुलाई कृषि सामग्री, बिरुवाहरु अनुदानमा उपलब्ध गराउँदै आइरहेका  छौँ, चालु आर्थिक वर्षमा पनि ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गर्दैछौँ।'

images

सुन्तला कृषकका लागि बगैँचा व्यवस्थापन गर्न आवश्यक पर्ने औजार ५० प्रतिशत अनुदानका लागि भने कृषकहरुसँग सम्झौताको चरणमा रहेको उनको भनाइ छ।

चालु आर्थिक वर्षमा १५ लाख रूपैयाँ बराबरको सुन्तलाको बिरुवा अनुदानमा वितरण गरिने गाउँपालिकाले जनाएको छ। गाउँपालिका कार्यालयले सुन्तलाको बेर्ना अनुदानमा प्राप्त गर्नका लागि निवेदन दिन आग्रह गरेको छ। सुन्तलाखेती प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पुर्‍याउन गाउँपालिकाले गत पुसमा  तीन दिन सुन्तला महोत्सव समेत सम्पन्न गरेको थियो। 

कृषि शाखा प्रमुख आशीष त्रिपाठीका अनुसार अनुदानका कार्यक्रमहरु सञ्चालनसँगै सुन्तलाखेती गर्ने क्षेत्र बढ्दै गएको छ। चालु आवमा ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ।

गत आवमा यहाँ ७० हेक्टर क्षेत्रफल सुन्तलाखेती गरिएको थियो। सो आवमा वडा नम्बर ५ मा पाँच हजार एक सय बिरुवा अनुदानमा वितरण गरिएको थियो। अनुदानमा बिरुवा वितरणपछि सुन्तालाखेती गर्ने क्षेत्र बढेको हो। 

यस वर्ष सुन्तला खेतीबाट यहाँ रहेका चारसय ५० भन्दा बढी किसानले १० करोड रूपैयाँ हाराहारीमा आम्दानी गरेको कृषि शाखा प्रमुख त्रिपाठीले बताए। किसानले प्रतिकेजी ७० देखि ८० रूपैयाँसम्ममा सुन्तला बिक्री गरेका थिए।

गाउँपालिकाको वडा नम्बर ३ को तोकदाङ, ढाप, माझगाउँ, सिरनागाउँ, तल्लाडुँडे, र माथिल्लो डुँडे, वडा नं ५ को तामिन, साठिमुरे, ठङरङ, पामडाँडा र वडा नं २ को तल्लो काउलेमा सुन्तला राम्रो उत्पादन हुने गरेको छ। यहाँ उत्पादन भएको सुन्तला स्थानीय स्तरमा बिक्री हुनुका साथै नारायणगढ, काठमाडौं र पोखरालगायत सहरमा समेत जाने गरेको छ। रासस


प्रकाशित : सोमबार, वैशाख ३ २०८११६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend