आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

फल लाग्न थालेका सुन्तला असिनाले झारेर नष्ट, चिन्तामा किसान

images
सोमबार, वैशाख ३ २०८१
images
फल लाग्न थालेका सुन्तला असिनाले झारेर नष्ट, चिन्तामा किसान

यहाँका झन्डै दुई सय किसानले लगाएका सुन्तलाखेती एकैछिनको असिनाले सखाप बनाएको स्थानीय किसान बताउँछन्।

images
images

पर्वत- लामो समयपछि परेको वर्षासँगैको असिनाले पर्वतको सुन्तला पकेट क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। जिल्लाको मोदी गाउँपालिका-२ देउपुरमा गरिएको व्यावसायिक सुन्तलाखेतीमा असिनाले क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन्।

images
images
images

शनिबार दिउँसोदेखि लगातार एक घण्टासम्म परेको असिनाले फल लाग्न थालेका सुन्तला पूरै झारेर नष्ट गरेको स्थानीय किसान दाताराम चापागाईँले बताए। यहाँका झन्डै दुई सय किसानले लगाएका सुन्तलाखेती एकैछिनको असिनाले सखाप बनाएको उनले बताए।

images
images

यहाँका कृषकले वार्षिक पाँचदेखि आठ करोड रूपैयाँसम्मको सुन्तला बिक्री गर्दै आएका छन्। एक वर्ष धेरै उत्पादन भए अर्को वर्ष कम उत्पादन हुने सुन्तला खेतीबाट लगातार दुई वर्ष नोक्सानी व्यहोर्नु परेको चापागाईँले बताए।

images
images

'अघिल्लो वर्ष पनि सुन्तलामा फल लाग्नेबेला आएको असिनाका कारण यहाँका किसानले करिब चार करोड रूपैयाँ भित्र्याएका छन्। यस वर्ष पनि फल लाग्ने बेला असिना पर्‍यो', उनले भने।

अहिले पनि सुन्तलाको फूल र बतिला सबै झारेर नष्ट गरिदिएकाले आगामी वर्ष आम्दानी ह्वात्तै घट्ने सम्भावना बढेको किसान प्रकाश चापागाईँले बताए। उनका अनुसार पानीसँगै परेको असिनाले सुन्तलासँगै खेतबारीमा भर्खरै उम्रिएका मकै, लहरे तरकारीबाली र अन्य व्यावसायिकरुपमा लगाइएको काउली, बन्दा, सिमी, केराउलगायत तरकारीमा क्षति पुर्‍याएको छ। 

दुई साताअघि नेपालकै स्वादिलो रैथाने जातको सुन्तला उत्पादन हुने पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्कमा पनि असिनाले क्षति पुर्‍याएको थियो। फल लाग्न फुलेका सुन्तला र मुनाहरु पूरै झारेर नष्ट गरिदिएको थियो भने आलु, गहुँ, तोरी र जौ खेतीमा समेत क्षति पुर्‍याएको थियो।

जिल्लास्थित कृषि ज्ञान केन्द्रले शनिबार परेको भिषण वर्षासँगैको असिनाले मोदी गाउँपालिकाका विभिन्न वडामा लगाइएको सुन्तला तथा हिउँदे बालीमा क्षति पुर्‍याएको जनाएको छ। 

मोदीका देउपुर, बाजुङ, भुकताङ्ले, तिलाहार, राम्जा, चित्रेलगायत क्षेत्रमा असिनाले क्षति पुयाएकामा बढीमात्रामा सुन्तलाखेतीमा असर गरेको ज्ञान केन्द्र प्रमुख पर्शुराम अधिकारीले जानकारी दिए। उनले क्षतिको विवरण संकलन भइरहेका विस्तृत विवरण भने आउन बाँकी रहेको बताए। फल लाग्ने बेलामा असिनाले झारेपछि उत्पादनमा कमी आउन सक्ने उनको भनाइ छ।

लामो समयको खडेरीपछि यस क्षेत्रमा वर्षा भएको थियो। वर्षासँगैको चट्याङमा परी मोदी-१ भुकदेउराली र वडा नं ७ राम्जादेउरालीमा गरी दुई जनाले ज्यान गुमाएका छन् भने बालीनालीमा समेत क्षति भएको मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिइन्। चट्याङ र असिना पीडित परिवारलाई गाउँपालिकाले तत्कालका लागि केही राहत दिने तयारी गरिरहेको उनले बताइन्। रासस


प्रकाशित : सोमबार, वैशाख ३ २०८११४:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend