शनिबार, मंसिर १५ गते २०८१    
images
images

हलगोरु पाल्ने किसानलाई अनुदान

images
सोमबार, वैशाख ३ २०८१
images
images
हलगोरु पाल्ने किसानलाई अनुदान

आगामी वर्ष हल गोरु पाल्ने किसानलाई १० हजार पुग्नेगरी १० लाख रूपैयाँ बजेट विनियोजन गर्ने नगरपालिकाको लक्ष्य छ।

images
images

गलकोट- बागलुङ नगरपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ। नगरपालिकाले ‘पशुपक्षी तथा मत्स्यपालन कार्यविधि-२०७९’ निर्माण गरी चालु आर्थिक वर्षभित्रै गोरु पाल्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।

images
images
images

गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न चार लाख रूपैयाँ बजेट नगरपालिकाले विनियोजन गरेको छ। उक्त बजेटबाट हलगोरु पाल्ने किसानलाइ दामासाहीले अनुदान दिइनेछ। त्यसका लागि किसानबाट आवेदन संकलन गरिएको बागलुङ नगरपालिकाको पशु शाखाले जनाएको छ।

images

बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराएकाले ‘हल गोरु पाल्न प्रोत्साहन एवं प्रवर्द्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई अनुदान दिन लागिएको बागलुङ नगरपालिका पशु शाखा प्रमुख मित्रलाल सापकोटाले बताए।

images

सापकोटाका अनुसार नगरपालिकाभित्रका एकसय १० जना गोरु पाल्ने किसानले निवेदन दिएका छन्। प्राप्त भएका सो निवेदनका आधारमा अनुगमन गरी किसानलाई अनुदान दिइने छ।

'हलगोरु पाल्ने किसानलाई अनुदान दिन लागिएको हो, यस वर्ष बजेट थोरै छ, प्रत्येक हल गोरु पाल्ने किसानलाई चार/पाँच हजारको दरले अनुदान दिइन्छ', सापकोटाले भने, 'यो कार्यक्रम निरन्तर चल्छ, कम्तीमा एक किसानलाई १० हजार रूपैयाँका दरले अनुदान दिने कार्यविधिमै उल्लेख छ।'

आगामी वर्ष हल गोरु पाल्ने किसानलाई १० हजार पुग्नेगरी १० लाख रूपैयाँ बजेट विनियोजन गर्ने नगरपालिकाको लक्ष्य छ।

बढ्दो प्रविधिको विकाससँगै गोरु लगाएर जोत्ने परम्परा हराएकाले त्यसलाई संरक्षण गर्न किसानलाई अनुदान दिन लागिएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए। उनले मिनीट्रिलर वितरणले गोरु पाल्ने किसान निरुत्साहित भएको महसुस गरेकाले अनुदान कार्यक्रम ल्याएको बताए। गोरु पाल्दा वातावरणीयरुपमा समेत फाइदा हुने उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, वैशाख ३ २०८११४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend