शनिबार, असोज ५ गते २०८१    
images
images

एक हजार रूपैयाँ बढ्यो सुनको मूल्य

images
शुक्रबार, पुस २ २०७८
images
images
एक हजार रूपैयाँ बढ्यो सुनको मूल्य

बिहीबार सुन प्रतितोला ९३ हजार रूपैयाँमा कारोबार भएको थियो।

images
images

काठमाडौं- सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९४ हजार रूपैयाँ पुगेको छ। बिहीबार सुन प्रतितोला ९३ हजार रूपैयाँमा कारोबार भएको थियो।

images
images
images

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको थियो।

त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रूपैयाँले बढेर १ हजार २ सय ५० रूपैयाँ तोकिएको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस १ हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ।


प्रकाशित : शुक्रबार, पुस २ २०७८०५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend