शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

तोलामा सातसय रूपैयाँले बढ्यो सुनको मूल्य

images
सोमबार, वैशाख ३ २०८१
images
तोलामा सातसय रूपैयाँले बढ्यो सुनको मूल्य

सोमबार सुनको मूल्य प्रतितोला सातसय रूपैयाँले बढ्दा चाँदी प्रतितोला १५ रूपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य पुन: उकालो लागेको छ। लगातार बढ्दै रेकर्ड बनाइरहेको सुनको मूल्य आइतबार प्रतितोला २२ सय रूपैयाँले घटेको थियो। सोमबार पुन: ७ सय रूपैयाँले बढेको हो।

images
images
images

सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार पाँचसय निर्धारण गरिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ८ सय ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

२०८० को अन्तिम कारोबारमा गएको शुक्रबार हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको सुनको मूल्य २०८१ को पहिलो कारोबारमा एकैदिन दुई हजार दुईसय रूपैयाँले घटेको थियो। सोमबार पुन: सुनको मूल्य उकालो लागेको हो।

images
images

चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार चाँदी आज तोलामा १५ रूपैयाँले बढेर प्रतितोला एक हजार ७ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदी आइतबार तोलामा ५० रूपैयाँले घटेर प्रतितोला एक हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, वैशाख ३ २०८१११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend