सोमबार, वैशाख १७ गते २०८१    
images
images

शोरुम आइपुग्यो निटा एक्स, मूल्य ५२ लाख ९९ हजारबाट सुरु

images
images
images
शोरुम आइपुग्यो निटा एक्स, मूल्य ५२ लाख ९९ हजारबाट सुरु

यो विद्युतीय एसयूभीमा १ सय किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ।

images
images

काठमाडौं- होजोन अटोको सब ब्रान्ड निटाको एसयूभी मोडल नेपाल आइपुगेको छ। सीजी मोटरले निटाको दोस्रो मोडल निटा एक्स ल्याएको हो। 

images
images
images

सीजी मोटरले निटा एक्सको बुकिङ नाडा अटो शो २०२३ मै खुलाएको थियो। बुकिङ खुलाएको लामो समयपछि मात्र निटा एक्स काठमाडौं आइपुगेको छ। एसयूभी सेगमेन्टको यो विद्युतीय कारको सुरुवाती मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

images

आकर्षक डिजाइन, ठूलो साइज र राम्रो रेन्ज दिने निटा एक्समा ६२ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध रहेको छ। यो विद्युतीय एसयूभीमा १ सय किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ।

images
neta x1.jpg

सीजी मोटरले निटा एक्सको औपचारिक सार्वजनिक गरिसकेको छैन। निटा एक्स नेपाली बजारमा विभिन्न तीन भेरियन्टमा उपलब्ध छ। एक्स कम्फर्टले एक पटकको फुल चार्जमा ४ सय किलोमिटर रेन्ज दिने छ भने मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

images
images

त्यस्तै ५ सय किलोमिटर रेन्ज दिने कम्फर्ट भेरियन्टको मूल्य भने ५७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। इन्टेलिजेन्ट भरियन्टले पनि एक पटकको फुल चार्जमा ५ सय किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ। यो भेरियन्टको मूल्य भने ६१ लख ९९ हजार रुपैयाँ तोकिएको छ। 

यसअघि सीजी मोटरले निटा भी नेपाल ल्याएको थियो। दुई वर्षअघि आएको यो विद्युतीय कार क्रसओभर सेगमेन्टको हो।  

images

प्रकाशित : सोमबार, वैशाख ३ २०८१११:०३

प्रतिक्रिया दिनुहोस